राउटेले बोलाए राष्ट्रपति र प्रधानमन्त्रीलाई

आफ्नो बस्तीमा नआएकोमा गुनासो

४ पुस, दाङ । चारदल बाहेकका अन्य दलले आफूहरुलाई बेवास्ता भएको भनिरहेका बेला दाङका राउटेहरुले प्रधानमन्त्री डा बाबुराम भट्टराई आफूहरुको बस्तीमा नआएको भन्दै गुनासो गरेका छन् । उनीहरुले विभिन्न जातजातीका वस्तीहरुमा महिनाको अन्तिम शुक्रवार रात विताउन गएपनि प्रधानमन्त्रीले आफुहरुलाई उपेक्षा गरेको भन्दै दुःख ब्यक्त गरेका छन् ।
राउटेका मुखिया प्रकाश शाहीले प्रधानमन्त्री डा. बाबुराम भट्टराई आफ्नो वस्तीमा नआएको भन्दै गुनासो गरे । पहिलो पटक साक्षात्कारमा आफ्नो परम्परागत पोशाक सहित रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले वुधवार विहान दाङको घोराहीमा आयोजना गरेको साक्षात्कारमा सहभागी राउटेहरुले समयमै भत्ता नपाएको गुनासो गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि बनेका राउटेका मुखिया शाहीले प्रधानमन्त्री र राष्ट्रपतिलाई आफ्नो वस्तीमा आउन आग्रह गरे ।
उनीले आफ्नो बस्तीमा आएर अन्य जनता झै आफूहरुले पाएको दुःख कष्ट बुझ्न आग्रह गरेका गरे । प्रधानमन्त्री आफ्नो बस्तीमा आएपछि आफ्नो भत्ता बढ्ने राउटेहरुले आशा पनि गरेका छन् । बस्ती आएका प्रधानमन्त्री तथा अन्य नेताहरुलाई आफूहरुले खाँदै आएको खानेकुरा खुवाउने पनि शाहीले बताए ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......