अमेरिकी कम्पनी एप्पलको आइप्याड मिनी र फोर्थ जेनेरेशन आइप्याडको भारतमा शुक्रबारबाट बिक्री सुरु भएको छ ।१६ जीबी मेमोरी र वाइफाई भएको आइप्याड मिनीको मूल्य २१ हजार ९ सय भारु अर्थात ३५
हजार ४० रुपैयाँ पर्ने भारतीय सञ्चार माध्यमहरुले जनएका छन् । यसमा ६ हजार भारु थप्ने हो भने ३२ जीबी स्टोरेज क्षमता भएको आइप्याड मिनी पाइन्छ । ८ हजार थप्ने हो भने बढी सेल्युलर कनेक्टिभिटी भएको आइप्याड पाइन्छ । १६ जीबी स्टोरेज र वाइफाइ भएको फोर्थ जेनेरेशन आइप्याडको ३१ हजार ९ सय भारु पर्ने बताइन्छ ।
