सिनेमा क्षेत्रमा नायिकाहरुको भविष्य सीमित अवधिका लागि मात्र भएको
देखिन्छ । अहिलेसम्मको प्रवृत्ति हेर्दा एकदशक सिनेमा क्षेत्रमा बिताएपछि
अधिकांश नायिकाहरु पलायन हुन्छन् । सिनेमा क्षेत्रमा भविष्य नदेखेपछि पलायन
भएका नायिकाहरुले विवाहका लागि विदेशमा रहेका नेपाली युवक रोज्ने गरेको
पाइन्छ । यस्तै आफ्नो
पहिलो पति सुरज चन्दसँग सम्बन्ध
बिच्छेद गरेर अमेरिका पुगेकी नायिका पूजा चन्दले पनि त्यहीँ दोश्रो बिहे
गरिन् । उनले अमेरिकामा नै बस्दै आएका नेपाली युवक राजु लामासँग बिहे गरेको
खबर आयो । नायिका
जल शाह कुनै बेलाकी चर्चित नायिका थिइन् । तर उनी एकाएक पलायन हुँदै
अमेरिका पुगिन् । त्यहाँ उनले एक नेपाली युवकसँग बिहे गरिन् । केही समयअघि
अमेरिका पुगेकी नायिका युना उप्रेतीले पनि गि्रनकार्ड होल्डर एक नेपाली
युवकसँग दोश्रो बिहे गरिन् । नेपालमा रहँदा उनको प्रेम चौलागाईसँग बिहे
भएको थियो । सिनेमा क्षेत्रमा आएपछि भने युनाको नाम निर्देशक दिपक
श्रेष्ठसँग लामो समयसम्म जोडिएको थियो ।
सिनेमा
क्षेत्रमा खासै जम्न नसकेपछि नायिका सोनिया केसीले पनि मंसिर २५ गते बिहे
गरिन् । उनले अमेरिकामा गि्रन कार्ड होल्डर देवेन्द्र कार्कीसँग बिहे गरेकी
हुन् । अब उनी अमेरिका उड्ने तयारीमा छिन् । नेपाली सिनेमा क्षेत्रमा एक
दशक बिताएकी नायिका रेजिना उप्रेती पनि लण्डनमा रहेका एक नेपाली युवकसँग
बिहे गर्ने तयारीमा छिन् । सुरज नाम गरेका लण्डन निवासी युवकसँग बिहे गरी
रेजिना उत्तै बस्ने तरखरमा रहेको बुझिएको छ । नेपालमा रहँदा नायिका
उप्रेतीको नाम निर्देशक शोभित बस्नेतसँग लामै समय जोडिएको थियो ।
चलचित्र
सुनचाँदीमा ‘ए संगीता…..’ बोलको गीतमा नृत्य गरेर तहल्का मच्चाएकी नायिका
सारंगा श्रेष्ठले पनि अमेरिकामा नै बसोबास गर्दै आएका आफूभन्दा २ बर्ष
कान्छा रमेश कार्कीसँग बिहे गर्ने तयारीमा छिन् । उनले मंगलबार बेलुकी
मात्र इन्गेजमेन्ट गरेकी हुन् ।
सिनेमा
क्षेत्रमा लामो समयसम्म टिक्न नसक्ने र भविष्य नभएपछि नायिकाहरु घरजम
गर्दैछन् । सुरक्षित भविष्यको लागि उनीहरुले अमेरिकामा रहेका युवाहरुलाई
आफ्नो पहिलो रोजाइमा पारेको देखिन्छ ।

