यौनव्यवसायमा प्रवेश गर्ने
नयाँ युवतीको संख्या प्रतिवर्ष थपिँदै गईरहेको अध्ययनले देखाएको छ । तराईका
३२ जिल्लाका ९ सय यौनव्यवसायी महिलामा गरेको अनुसन्धानले ४२ प्रतिशत
व्यवसायीले यो पेसा अँगालेको एक वर्ष पनि नभएको देखाएको हो । अनुसन्धान
राजमार्गवरिपरि यौनव्यवसायमा संलग्न र तराई भेगका यौनकर्मी
१२ प्रतिशतभन्दा बढी विधवा पनि
यौनव्यवसायमा रहेको अनुसन्धानले देखाएको छ । करिब ५९ प्रतिशत यौनकर्मीको
परिवारमा आश्रति पनि छन् । करिब ६८ प्रतिशत विवाहित छन् । ३४ प्रतिशत विवाह
नगरेका यौनव्यवसायमा छन् । विवाहितमध्ये पनि करिब २९ प्रतिशतले उनीहरूको
श्रीमान्को अर्की पनि श्रीमती भएको बताएका थिए । सर्वेक्षणमा सहभागी
यौनकर्मी महिलामध्ये ८० प्रतिशतसँग सर्वेक्षणकर्ताले प्रत्यक्ष भेटेका थिए ।
अन्यसँग यौनकर्मी महिला, विभिन्न संगठनका प्रतिनिधि र रेडक्रसका
प्रतिनिधिमार्फत भेट गरिएको थियो । त्यस्तै, अनुसन्धानमा सहभागी ६ सयमध्ये
दुई दशमलव तीन प्रतिशतमा एचआइभी एड्सको पनि संक्रमण पाइएको छ । करिब ६८
प्रतिशत यौनकर्मी महिलाका ग्राहक यातायात मजदुर छन् । करिब ७० प्रतिशत
यौनकर्मी महिलाले यौनकार्यमा सरिक हुँदा कन्डम प्रयोग गर्ने गरेका छन् । ५८
प्रतिशतभन्दा बढी यौनकर्मीले कन्डम निःशुल्क पाउने गरेका छन् । उनीहरूले
कन्डम पाउने स्रोत एनजिओ तथा स्वास्थ्यका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी
छन् । उनीहरूले प्रायः स्वास्थ्य मन्त्रालयले बाँड्ने ढाल र नम्बर वान
कन्डम प्रयोग गर्ने गरेको भेटिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
सर्वेक्षणमा सहभागीमध्ये ६७ प्रतिशतभन्दा बढीले उनीहरूको व्यवसाय सञ्चालित
क्षेत्रबाट पाँच मिनेटमै कन्डम प्राप्त गर्न सक्ने बताए । परिवार नियोजनको
साधनको प्रयोगबारे सोधिएको प्रश्नमा अधिकांशले कन्डम र सुईमार्फत प्रयोग
गरिने परिवार नियोजनका अस्थायी साधनबारे बताएका थिए । त्यस्तै, ५० प्रतिशत
यौनकर्मी महिलाले लगाउने कन्डमको बारेमा सुनेका छन् । विवाहित यौनकर्मी
महिलामध्ये करिब ८१ प्रतिशतले गर्भधारणबाट जोगिन परिवार नियोजनका साधन
प्रयोग गर्ने गरेका छन् । अधिकांश यौनकर्मी महिलाले एचआइभी/एड्स रोगबारे
सुनेको बताए । ९२ प्रतिशतले रेडियोबाट एचआइभी/एड्सबारे जानकारी पाएको
बताएका थिए । त्यस्तै, सर्वेक्षणकै क्रममा पनि करिब तीन प्रतिशत यौनकर्मी
महिलाले आफूलाई विभिन्न यौनसमस्या रहेको बताएका थिए । ३१ प्र्रतिशतले
नौदेखि १४ वर्षको उमेरमा पहिलोपटक यौनसम्पर्क गरेको बताएका थिए । १५ देखि
१९ वर्षभित्र पहिलो यौनसम्पर्क गर्ने ६२ प्रतिशत रहेको अनुसन्धानले देखाएको
छ । त्यस्तै, झन्डै ३२ प्रतिशत यौनव्यवसायीको विवाह ६ देखि १४ वर्ष उमेरमा
भएको छ । १५ देखि १९ वर्षमा विवाह गरेका यौनव्यवसायी करिब ६० प्रतिशत छ
न्
