प्रधानमन्त्री बन्न तयार छुः प्रकाश

२२ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले आफू प्रधानमन्त्री बन्न तयार रहेको स्पष्ट पार्नुभएको छ ।
आफ्नो सरकारी निवास पुल्चोकमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै एमाओवादी उपाध्यक्ष प्रकाशले भन्नुभयो-’म पार्टीको इमान्दार सिपाही हुँ । पार्टीले प्रधानमन्त्रीको जिम्मेवारी दिन उपयुक्त ठान्यो र राष्ट्रलाई पनि आवश्यक पर्‍यो भने म प्रधानमन्त्री बन्नका लागि तयार छु ।’

पार्टीले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई नै सहमतीय सरकारको नेतृत्वका लागि पहिलोे प्राथमिकतामा राखेको स्पष्ट गर्दै उहाँले त्यसमा सहमति हुन नसकेको अवस्थामा आफू पनि प्रधानमन्त्री बन्न तयार रहेको बताउनुभयो । केही समयअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट सहमतीय सरकारका लागि पहिलो प्राथमिकता प्रधानमन्त्री भट्टराईनै भए पनि विकल्पको रुपमा उप्रधानमन्त्री प्रकाश रहेको सार्वजनिक गर्नुभएको थियो ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउने पार्टीको कुनै नीति नरहेको भन्दै उहाँले सबै दलहरूले अध्यक्ष प्रचण्डकै नेतृत्वको माग गरेमा मात्रै त्यसबारे पार्टीले पुनर्विचार गर्न सक्ने बताउनुभयो । दलहरूबीच सहमतिको विकल्प नभएको बताउँदै उहाँले भन्नुभयो-’दलहरूबीच पछिल्ला वार्ता र संवाद हेर्दा सहमति भइहाल्ला जस्तो मलाई लाग्दैन । तर देशको अवस्था यस्तो छ कि सहमति हुनुको विकल्प छैन ।’ रासस

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......