पुत्रका कारण महिलासँग डराए प्रचण्ड

Photo: पुत्रका कारण महिलासँग डराए प्रचण्ड

३ पुस, काठमाण्डौ । महिला हिंसाबिरुद्धको १६ दिने अभियान चलाइरहेका बेला केही दुःखद घटनाहरु भए । तर, यही अबधिमा केही रमाइला घटनाहरु पनि भए काठमाण्डौमा । महिला हिंसाबिरुद्धको एक कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्ड डराएको घटना यतिबेला महिला बृत्तमा निकै चर्चाको बिषय बनेको छ ।

घटना गत डिसेम्बर ११ अर्थात मंसिर २७ गतेको हो । संचारिक समूहले सो दिन बिहानै होटल एभरेष्टमा महिला हिंसासम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि बनाइएको थियो एमाओवादी अध्यक्ष प्रचण्डलाई ।

समूहकी महासचिव निर्मला शर्माले एक दिन अघि आफैं प्रचण्डलाई भेटेर निम्तो दिएकी थिइन् । प्रचण्डले आफु कार्यक्रममा आउने बाचा गरेका थिए । तर, भोलीपल्ट कार्यक्रम सुरु हुनै लाग्दा प्रचण्डले फोन गरेर ‘सरी’ भनेको मंगलबार प्रकाशित दृष्टि साप्ताहिकले छापेको छ ।

अन्तिम समयमा प्रचण्डले किन सरी भने भनेर आयोजक आश्चर्यमा परे । आफु नआउने बरु पार्टीका अरु कुनै नेतालाई पठाइदिने प्रचण्डको प्रस्ताव थियो । ब्यस्त भएकाले कार्यक्रममा उपस्थीत हुन नसकेको प्रचण्डले बताए पनि आयोजक भने अर्के निष्र्कषमा पुगे । प्रचण्ड महिला हिंसा बिरुद्धको कार्यक्रममा नआउनुमा छोरा प्रकाश मुख्य कारण रहेको उनीहरुको निष्र्कष रह्यो ।

प्रचण्डपुत्र प्रकाशले यसै बर्ष आफ्नो दोस्रो श्रीमतीलाई छाडेर बिना मगरसँग भागेका थिए । प्रकाशको यस्तो कदमले बैधानिकरुपमा बिबाह गरेर ल्याएकी श्रीमती सिर्जनामाथि हिंसा भएको महिला अधिकारबादीहरुको दावी थियो ।

आफ्नै घरमा महिला हिंसा हुँदा पनि केही नगरेको भन्दै कार्यक्रममा आलोचना हुने सहयोगीले सुझाव दिएपछि सो कार्यक्रममा जान डराएको समाचारमा उल्लेख छ ।३ पुस, काठमाण्डौ । महिला हिंसाबिरुद्धको १६ दिने अभियान चलाइरहेका बेला केही दुःखद घटनाहरु भए । तर, यही अबधिमा केही रमाइला घटनाहरु पनि भए काठमाण्डौमा । महिला हिंसाबिरुद्धको एक कार्यक्रममा एमाओवादी अध्यक्ष
प्रचण्ड डराएको घटना यतिबेला महिला बृत्तमा निकै चर्चाको बिषय बनेको छ ।

घटना गत डिसेम्बर ११ अर्थात मंसिर २७ गतेको हो । संचारिक समूहले सो दिन बिहानै होटल एभरेष्टमा महिला हिंसासम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि बनाइएको थियो एमाओवादी अध्यक्ष प्रचण्डलाई ।

समूहकी महासचिव निर्मला शर्माले एक दिन अघि आफैं प्रचण्डलाई भेटेर निम्तो दिएकी थिइन् । प्रचण्डले आफु कार्यक्रममा आउने बाचा गरेका थिए । तर, भोलीपल्ट कार्यक्रम सुरु हुनै लाग्दा प्रचण्डले फोन गरेर ‘सरी’ भनेको मंगलबार प्रकाशित दृष्टि साप्ताहिकले छापेको छ ।

अन्तिम समयमा प्रचण्डले किन सरी भने भनेर आयोजक आश्चर्यमा परे । आफु नआउने बरु पार्टीका अरु कुनै नेतालाई पठाइदिने प्रचण्डको प्रस्ताव थियो । ब्यस्त भएकाले कार्यक्रममा उपस्थीत हुन नसकेको प्रचण्डले बताए पनि आयोजक भने अर्के निष्र्कषमा पुगे । प्रचण्ड महिला हिंसा बिरुद्धको कार्यक्रममा नआउनुमा छोरा प्रकाश मुख्य कारण रहेको उनीहरुको निष्र्कष रह्यो ।

प्रचण्डपुत्र प्रकाशले यसै बर्ष आफ्नो दोस्रो श्रीमतीलाई छाडेर बिना मगरसँग भागेका थिए । प्रकाशको यस्तो कदमले बैधानिकरुपमा बिबाह गरेर ल्याएकी श्रीमती सिर्जनामाथि हिंसा भएको महिला अधिकारबादीहरुको दावी थियो ।

आफ्नै घरमा महिला हिंसा हुँदा पनि केही नगरेको भन्दै कार्यक्रममा आलोचना हुने सहयोगीले सुझाव दिएपछि सो कार्यक्रममा जान डराएको समाचारमा उल्लेख छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......