नेपालमा वाषिर्क १५ लाख मेट्रिकटन दूध उत्पादन

२२ पुस, ललितपुर । नेपालमा बार्षिक १५ लाख मेट्रिकटन दूध उत्पादन हुने गरेको छ । नेपाल डेरी एसोसिएसनको आइतवार सम्पन्न १४ औं वाषिर्क साधारणसभामा दिइएको जानकारी अनुसार नेपालमा करिव डेढ सय डेरी उद्योग रहेका छन् । काठमाण्डौ उपत्यकामा मात्रै दैनिक साढे चार लाख लिटर दूध खपत हुने गरेको छ ।
 साधारण सभाको उद्घाटन गर्दै सरकारका मुख्य सचिव लिलामणि पौडेलले गुणस्तरीय दूध उत्पादनका लागि डेरी उद्योगले सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्नुपर्ने वताउनु भएको छ । कृषि मन्त्रालयका सचिव जयमुकुन्द खनालले पशुजन्य उत्पादनलाई बढावा दिन र व्यवासायीलाई प्रोत्साहन गर्न मन्त्रालयले पशु विमाको कार्यक्रम अघि बढाएको जानकारी दिनुभयो ।
 पशु शेवा विभागका महानिर्देशक नरबहादुर रजुवारलेे स्वस्थ्य दूध उत्पादनका लागि स्वस्थ्य पशु आहारको व्यवस्था गरिनुपर्ने बताउनुभयो । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले दुबै संस्था मिलेर गुणस्तरीय उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा एसोसिएसनको तर्फबाट देशभरका आठ जना डेरी उद्यमीहरुलाई सम्मान गरिएको थियो ।रासस

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......