चिसोले कठ्याङ्गि्रएरले महोत्तरीमा थप दुईको मृत्यु

८ पुस, महोत्तरी । बढ्दै गएको शीतलहरका कारण चिसोले कठ्याङ्गि्रएर महोत्तरीमा थप दुई जनाको मृत्यु भएको छ । वढ्दै गएको चिसोले कठ्याङ्गि्रएर मटौलिया-४ का ६० वर्षीय मिश्री यादव र औरही-३ का ४० वर्षीय विनोद चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बाक्लो हुस्सु, शीतलहर र चिसो हावाको मारमा परेर न्यानो लुगाफाटाको नहुँदा तथा उचित बासस्थानको अभावमा यस वर्ष महोत्तरीमा चिसोका कारण छ जनाले ज्यान गुमाइसकेको प्रहरीले जनाएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......