मेहनत
गरे पैसा कमाउन विदेश जानु पर्दैन भन्ने उदाहरण दिएका छन् संखुवासभाका
किसानहरुले । यहाँका किसानहरुले अलैची, रुद्राक्ष अनी चिरैतोबाट आफ्नो
दैनिकी चलाउने खर्च मात्र नभएर आफ्ना सन्ततीको भविष्य पनि उज्जवल बनाएका
छन् । सखुवासभामा विस्तारै पर्यटकको गन्तव्य वन्न थालेको छ।
मकालु बरुण राष्ट्रिय निकुञ्ज जाने बाटो
नै संखुवासभा भएकाले पनि पर्यटनको सम्भावना प्रचुर छ । तर यसको उचित
प्रचार-प्रसार तथा पर्यटन सम्बन्धी गतिविधि हुन नसकेका कारण पर्यटककको
रोजाईमा पर्न सकेको छैन संखुवासभा ।
संखुवासभालाई कृषीमा मात्र नभएर पर्यटन
उद्योगको रुपमा बिकास गर्न सकिन्छ भन्ने हेतुले अहिले यहाँका अग्रजहरु लागि
परेका छन् । खाँदबारी नगरपालिकामा पर्ने भएकाले यहाँ आएका पाहुनाहरुलाई
बस्न र खानेको कुनै समस्या हुँदैन । यदि होटल बस्न नरुचाउनेहरुका लागि भने
खाँदबारीबाट करिव २ घण्टाको मोटरबाटोमा भाङ्गखर्कमा रहेको सामुदायिक
होमस्टेमा पनि बाँस बस्न सकिन्छ । चैनपुरबाट खाँदबारी सम्म बाटो ग्राभेल
भएकाले पहाडि मोटरयात्राको अनुभव रोमान्चक नै हुन्छ । भाङ्गखर्कमा गुरुङ्ग
समुदायको बाहुल्यता छ । मकालु हिमालको मनोरम दृश्य अनि अलैचीबारी र बारीमा
रोपिएका अन्नबालीले यहाँ आउने जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ ।











