३० मंसिर, काठमाडौं । अमेरिकाको
पूर्वोत्तर प्रान्त कनेक्टीकटस्थित प्राइमरी स्कुलमा एक बन्दुकधारीले गोली
चलाउँदा २० बालबालिकासहित २६ जनाको मृत्यु भएको छ ।
घटना न्यू टाउनको स्याण्डी हुक एलिमेन्टरी
स्कुलमा भएको हो । यसलाई
अमेरिकी इतिहासको अहिलेसम्मको सबैभन्दा ठूलो
सामूहिक हत्या मानिएको छ ।
प्रत्यक्षदर्शीहरुका अनुसार बन्दुकधारीले सयौं राउण्ड गोली चलाएको आवाज सुनिएको थियो र बाच्चाहरु डराएर भागेको देखिन्थ्यो ।
प्रहरीका अनुसार बन्दुककाधी पनि मारिएका
छन्, तर उनको परिचय खुल्न सकेको छैन । आक्रमणकारी २० वर्षका मात्र छन् ।
बन्दुकधारीले आफ्नी आमाले पढाइरहेको कक्षालाई निसाना बनाएका थिए । घटनामा
उनकी आमाको मृत्यु भएको छ । स्याण्डी हुक एलिमेन्टरी स्कुलमा पाँचदेखि १०
वर्षसम्ममा बालबालिका पढ्छन् ।
ह्वाइट हाउसमा आयोजित एक पत्रकार
सम्मेलनमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले घटनाले अमेरिकालाई ठूलो धक्का
लागेको बताउनु भएको छ । उहाँले यस्ता घटना रोक्न तत्काल आवश्यक चदम चाल्नु
पर्ने बताउनु भयो ।
पटक-पटक आँसु फुछ्दै गरेका ओबामाले यस
घटनाले हरेक आमाबाबुलाई दुःखी बनाएको बताउनु भयो । उहाँले
भन्नुभयो–‘मारिएका बच्चाहरुको उमेर १० वर्षभन्दा पनि कम थियो । जसको पूरै
जिन्दगी बाँकी थियो । तर, त्यो जिन्दगी खोसिएको छ ।’



