युक्रेनी संसदको नयाँ सत्र हिजो नाटकीय
रुपमा सुरु हुँदा संसद भवनभित्र सांसदहरु भकुराभकुर गरे भने भवन बाहिर
महिलाहरुले नांगो प्रदर्शन गर्न भ्याए ।
माइनस ३ डिग्री सेल्सियसको चिसो तापक्रममा
पनि संसद च्याम्बरभित्र सांसदहरुको लडाइँ तथा बाहिर टपलेस महिलाहरुको
तमासाले माहोल निकै तातेको थियो । विपक्षी नेतृलाई विनाकारण जेलमा हालिएको
विरोधमा महिला अधिकारवादी संस्था फिमेनसँग
आबद्ध महिलाहरु संसद भवन बाहिर
टपलेस प्रदर्शनमा उत्रिएका हुन् ।
अक्टोबरको विवादास्पद चुनावपछि पहिलोपटक
बसेको संसद बैठकमा दुइजना सत्तारुढ दलका सांसदलाई सपथग्रहण लिनबाट विपक्षी
सांसदहरुले रोकेपछि हंगामा भएको थियो । कट्टरपन्थी राष्ट्रवादी दलका
सांसदहरुले सत्तारुढ दलका बाउछोरा सांसदलाई सपथग्रहण गर्न नदिन ढोका नै
थुनेर बसेका थिए ।
संसद भवनभित्र सांसदहरुको धक्कामुक्की
चलिरहँदा बाहिर टपलेस महिलाहरुको प्रदर्शन निकै रोचक थियो । उनीहरुले संसद
भ्रष्ट सासकहरुको अखडा भएको भन्दै विनाकारण जेलमा राखिएकी विपक्षी नेतृलाई
रिहा गर्न माग गरेका थिए । ती अर्धनग्न महिलाहरुलाई केहीबेरमा पुलिसले
पक्रेको थियो ।





