सामसुङका स्मार्टफोनको बिक्रिमाथि अमेरिकी
बजारमा प्रतिबन्ध लगाउने एप्पलको प्रयास असफल भएको छ । सामसुङका
स्मार्टफोनको बिक्रिमा प्रतिबन्ध लगाउन एप्पलले गरेको मागदाबीलाई अमेरिकी
एक अदालतले अस्विकार गरेपछि सामसुङसँगको लडाइँमा एप्पललाई अर्को झट्का
लागेको हो ।
केही महिनाअघि पेटेन्ट उल्लंघनको अभियोगमा
अदालतबाटै सामसुङ विरुद्ध एक अर्ब डलर जरिवानाको फैसला गराउन सफल भएको
एप्पलले सोही फैसलाको आधारमा सामसुङका उत्पादनमाथि प्रतिबन्ध लगाउनुपर्ने
जिकिर गरेको थियो । स्मरण रहोस् एप्पललाई भारी रकम जरिवाना गराउन सफल भएयता
एप्पलले सामसुङ सँगका विभिन्न कानुनी लडाइँमा हार बेहोर्दै आएको छ ।
एप्पलको पछिल्लो मुद्दामा सुनुवाइ गर्दै
न्यायाधीश लुसी कोहले भनेका छन्, ‘सामसुङले गरेको पेटेन्ट उल्लंघनका कारण
एप्पलका उत्पादनको अमेरिकामा हुने बिक्रिमा असर परेको सबुत प्रमाण छैन ।’
सामसुङको स्मार्टफोन जस विरुद्ध एप्पलले
पेटेन्ट अधिकार चोरेको आरोप लगाएको छ, त्यसमा धेरै फिचर्स रहेका र ती मध्ये
केही मात्र एप्पलको कपी गरिएका न्यायाधिशको ठहर छ ।
एप्पलले सामसुङका विभिन्न ८ वटा
स्मार्टफोनको अमेरिकामा बिक्रिमा प्रतिबन्ध लगाउनुपर्ने माग गरेको थियो ।
त्यसमा ग्यालेक्सी सिरिजको एस फोर जी, एस टू एटी एण्ड टी, एस टू स्काइरकेट,
एस टू टी मोबाइल, एस टू एपिक फोर जी, एस शोकेस, ग्यालेक्सी पि्रभेल
लगायतका रहेका छन् । तथापि ग्यालेक्सी एस थ्री भने यसमा सामेल छैन ।
