७ पुस, क्वालालम्पुर । मलेसियामा सडक
दुर्घटनामा एक नेपालीको ज्यान गएको छ । ओखलढुङा जिल्ला वल्खु गाविस वडा न ९
घर भई क्यामरुन हाईलेण्डको रिङलेट उलुमेरामा रहेको गार्डैन कम्पनीमा
कार्यरत अन्दाजी २५ वर्षका खड्क वहादुर मगरको सडक दुर्घटनामा ज्यान गएको हो
।
दिनभरी काम गरेर साझँको वेलामा सपिङ गरेर
राती ९ वजेतिर होस्टलमा फर्किरहेको अवस्थामा उनले चलाईएको मोटरसाईकललाई
ल्याण्डरौभर गाडिले ठक्कर दिदा घटना स्थलम खड्काको ज्यान गएको हो ।
ल्याण्डरोभर गाडि भने ठक्कर दिना साथ भागेकाले नम्वर थाहा हुन सकेको छैन ।
उनी संगै मोटरसाईकलमा पछाडि सवार रहेका
मोरङ विराटनगर निवासि ओम प्रकाश यादव गंभिर घाईते भएका छन । यादवको इपो
अस्पतालमा उपचार भैरहेको ओमकार थापाले जानकारी दिएका छन् ।
मृतक खड्काको शवलाई पोसमार्टमको लागि
तानाहाराता सरकारी अस्पतालमा राखिएको छ । दुई वर्ष अगाडि रोजगारीको
सिलसिलामा मलेसिया आएका खड्काको परिवारमा वुवा आमा, श्रीमती, छोरी र भाई
रहेका छन् ।
