नारायणकाजी राजनीति छोड्ने मुडमा


२० मंसिर, काठमाण्डौं । सत्तासीन दल एकीकृत नेकपा माओवादीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ राजनीति छाड्ने मुडमा पुगेका छन् । राजनीतिक दल र सरकार कोही पनि आफ्नो निर्णयबाट चल्न सक्ने अवस्थामा नरहेको ठहर गर्दै उनले पार्टी राजनीति गर्ने कि छाड्ने भन्ने दोधारमा आफु रहेको बताएका छन् ।
समसामयिक राजनीतिमा दलका नेताहरु र प्रधानमन्त्री स्वयंमले विदेशीको ‘लाईन’ खोज्ने गरेको अनुभव सुनाउँदै श्रेष्ठले मंगलबार केही
सञ्चारकर्मीसँग कुराकानी गर्दै भने ‘पछिल्लो समयमा दलका नेता आफूहरुबीच छलफल भइरहेको अवस्थामै ‘लाइन’ खोज्छन् । आफ्नो निर्णय के हो कसैले भन्दैनन् । शीर्ष नेताहरुको बैठकमा हाम्रो कुरा होइन्, कुन विदेशीले के भन्यो भन्ने विषयमा छलफल हुन्छ,’ परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले भने अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
राष्ट्रप्रमुखले नै कूटनीतिक आचारसंहिता उल्लंघन गरेको गुनासो पनि श्रेष्ठले गरे । उनले भने, ‘भर्खरै नेपाल भ्रमण सकेका भारतीय नेता करण सिंहलाई सरकारले गरेको सम्मानबारे परराष्ट्र पूरै अनभिज्ञ छ । त्यस्तै राष्ट्रपति र प्रधानमन्त्रीले काठमाण्डौंमा रहेका विदेशी राजदूतसँग पटकपटक भेट गर्छन तर मलाई थाहै हुँदैन् । त्यसैले सरकार छोड्छु नै, पार्टी राजनीति पनि गर्ने कि नगर्ने भन्ने दोधारमा छु ।’

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......