काभ्रे कारागारमा एक कैदीको मृत्यु

१२ पुस, काभ्रे । काभ्रेको जिल्ला कारागार धुलिखेलमा गएराती एकजना कैदीको मृत्यु भएको छ । चोरी अभियोगमा कैद भुक्तान गरिरहेका रसुवा धैवुङ-१ का १९ वर्षीय कुमार नेपालीको मृत्यु भएको हो । उनको मृत्यु हुनुको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार उनलाई कारागार भित्र मानसिक सन्तुल बिग्रेकालाई राख्ने स्थानमा राखिएको थियो । केही अगाडि रसुवा कारागारले मानसिक सन्तुलन बिग्रेको भन्दै उनलाई काभ्रे कारागार पठाएको हो । उनलाई अदालतले १८ महिना कैद १ लाख ८ हजार बिगो जरिवाना तोकेको थियो । २०७० जेठमा उनको कैद भुक्तान हुँदै थियो ।
:

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......