सर्बियाको बाजिना बास्टा सहर नजिकै डि्रना नदीको बिचमा एउटा सुन्दर घर छ
। यो घरलाई प्रेमको घर पनि भनिन्छ । यो घर फंगसको नामले पनि चिनिने मिलिजा
म्यान्डिक नामका मान्छेले आफ्ना साथीहरुसँग मिलेर सन् १९६८ को अन्त्यतिर
निर्माण गरेका हुन् ।
नदीको बीचको ठूलो चट्टान माथि बनेको यो घर धेरै जोडिहरुको डेटिङ स्पट
बनिरहेको छ र साहसिक प्रेम गर्नेहरुका लागि समेत मुख्य गन्तव्य बनिरहेको छ । केवल प्रेम जोडीका लागि मात्र नभएर विद्यार्थी तथा अरु सर्वसाधारणका लागि समेत यो घर विदा मनाउन जाने स्पट बनिरहेको छ ।
यो घरको सुन्दर तस्वीर नेसनल जियोग्राफिक च्यानलको फोटो अफ द डे बन्न समेत सफल भएको छ । यो प्रेमको घर सहित डि्रना नदिका केही रोमाञ्चक दृश्यहरु यहाँ प्रस्तुत गरिएको छ ।






