बसमा भेटिएको करोडौं फर्काइदिए ड्राइभरले

नेपालमा ड्राइभरी पेशालाई आमरुपमा अझै पनि सम्मानित पेशाका रुपमा हेरिन्न । चालक पेशाप्रति खासै सम्मानभाव देखिन्न नेपाली समाजमा ।
तर, अष्ट्रियाका एक बस ड्राइभरले भने इमान्दारिताको नमुना देखाएका छन् । भियनामा बस ड्राइभर वोल्फगांग आरले आफ्नो बसमा ३ लाख ९० हजार युरो अर्थात ४ करोड ३६ लाखभन्दा बढीको ब्याग भेट्टाए । तर, उनले उक्त पैसा सम्वन्धित व्यक्तिलाई पुर्‍याइदिएका छन् ।

एक जेष्ठ महिलाले जीवनभरको बचत निकालेर ल्याउने क्रममा बसमा छाडेकी थिइन् । ७७ वषिर्या ती महिलाले बैंकबाट रकम निकालेर घर र्फकने क्रममा बसमा नै छाडेकी हुन् । वोल्फगांगले एक स्थानीय पत्रिकालाई भनेका छन्-’म सधै बसमा कसैले केही छुटाएका छन् कि भनेर हेर्ने गर्छु । उक्त दिन ब्याग भेटेँ । खोलेर हेर्दा नगद थियो । त्यति धेरै पैसा मैले एकैसाथ अहिलेसम्म देखेको थिइन् ।’
यो घटना करिव एक महिना पहिलेको हो । पैसाले भरिएको ब्याग भेटेपछि उनले प्रहरीलाई खबर गरेका थिए । ब्यागमा रहेको पासपोर्ट र बैंकको कागज पत्रको मद्दतमा प्रहरीले उक्त रकम सम्वन्धित ब्यक्तिलाई पुर्‍याएको बीबीसीले जनाएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......