साहसिक पैदल यात्रीहरुको लागि विश्वकै
सबैभन्दा उचाइमा रहेको झोलुंगे पुल खुल्ला भएको छ । स्विजरल्याण्डको अल्पस
हिमाल क्षेत्रमा समुद्र सतहभन्दा ९ हजार फिट उचाइमा बनेको झोलुंगे पुल पाँच
महिना लगाएर निर्माण गरिएको हो । यो पुल बनाउन १४ करोड १८ लाख रुपैयाँ
भन्दा बढि खर्च भएको थियो ।
टाइटलिस क्लिफ वाक नाम दिइएको उक्त झोलुंगे पुल हिमनदी माथि बनाइएको छ । यो पुलको लम्बाई ३३० फिट लामो र ३ फिट चौडा छ ।





