यो वर्षसन् २०१२ मा विश्वमा सूचना
प्रविधिको क्षेत्रमा विभिन्न नयाँ नौला घटनाक्रम भए । विभिन्न नयाँ सेवा
तथा प्रविधिहरु बजारमा आए । केहीले राम्रै चर्चा पाए भने केही फ्लप भए ।
यहाँ हामीले यो वर्षनराम्ररी फ्लप भएका मुख्य प्रविधि तथा सेवाहरुको बारेमा
जानकारी प्रस्तुत गरेका छौँ, जुन यसप्रकार छन्
१. एप्पल म्याप्स ः यो वर्षसबैभन्दा फ्लप
भएको प्रविधिमा एप्पलको म्याप्स एप्लिकेसन नम्बर एकमा आउँछ भन्दा फरक
नपर्ला । एप्पलको आइफोनले राम्रै बजार पिटेपनि म्याप एप्लसको कमजोरी तथा
असफलताले एप्पल कम्पनीले ठूलो बदनामी भोग्नुपर्यो । गुगलको म्याप एप्सलाई
चुनौति दिँदै एप्पलले र्सार्वजनिक गरेको नक्सा सम्बन्धि सफ्टवेयर म्याप
एप्स निकै आलोचित बन्नुको कारण यो एप्सले दिने गलत सूचना तथा जानकारी नै हो
। एप्ललको म्याप एप्सको कमजोरी प्रति एप्पल प्रशासनले माफी नै माग्नुपर्यो
। सिइओ टिम कुकले त एप्पलको नक्सा सफ्टवेयरमा भर नपर्न र गुगल तथा
नोकियाको म्याप एप्सको समेत सहयोग लिने आग्रह नै गर्नुपर्यो ।
२. आकाश टू ः सबैभन्दा सस्तो ट्याब्लेट
भनेर प्रचार गरिएको यो ट्याब्लेट पनि सन् २०१२ को फ्लप सूचनाप्रविधिको
उत्पादन मध्येमा पर्छ । गुगल प्ले बिनानै क्लाउड प्रणालीमा काम गर्ने यो
भारतीय ट्याब्लेट उपभोक्ताले नरुचाएपछि सरकारले यो ट्याब्लेट केवल
शिक्षकहरुका लागि लक्षित गरेर बनाइएको र विद्यार्थीहरुका लागि नयाँ
ट्याब्लेट तयार गरिने बतायो ।
३. फेसबुकको शेयर ः पहिलोपटक र्सार्वजनिक
शेयर जारी गर्ने सोसल साइट फेसबुकको शेयर मूल्यमा भएको ठूलो गिरावट यो
वर्षसूचना प्रविधिको क्षेत्रमा ठूलो चर्चाको विषय बन्यो ।
४.ब्लाकबेरी १० ः यो वर्षरिलिज हुने भनेर
हल्ला पिटिएको ब्लाकबेरी १० लाई उपभोक्ताले उपभोग गर्नका लागि अर्को
वर्षकर्ुर्नुपर्ने भयो । मात्र नयाँ ब्लाकबेरीका भावी फिचर्स र मोडेल
बारेका जानकारी मात्र ग्याजेटप्रेमीले पाए । यो वर्षलाकबेरी १० र्सार्वजनिक
गर्ने भनेर नगरेपछि कम्पनीको शेयर मूल्य एकाएक घटेको प्रसँग पनि यो
वर्षचर्चामा रह्यो ।
५.गूगल नेक्सस क्यू ः गुगल कम्पनीले आफ्नो
बहुप्रतिक्षित उत्पादन नेक्सस क्यू लाई एकाएक गुमनाम बनाएको घटना पनि यो
वर्षो चर्चित घटना बन्यो । स्मार्टफोन, ट्याब्लेट तथा एन्डोइड ग्याजेटका
डाटाहरु टेलिभिजनमा र्सार्न सकिने यो डिभाइज जुन महिनामा रिलिज गरियो । तर
एकाएक यो डिभाइस गुगलले आफ्नो वेबसाइटबाटै हटायो र यसको बारेमा चुप रह्यो ।
विश्लेषकहरुले नेक्सस क्यू फ्लप हुने डरले गुगल पछि हटेको बताउँछन् ।
६. एप्पलका आइफोन, आइप्याड लगायतका
ग्याजेटलाई पहिलोपटक भाइरसले आक्रमण गरेको घटना पनि एप्पलका लागि यो
वर्षटाउको दुखाइ बन्यो । अहिलेसम्म आफ्ना प्रडक्टलाई भाइरस बाट बचाउन सफल
भएको एप्पलको आइफोन अपरेटिङ सिस्टममा ह्याकरहरुले गरेको पछिल्लो आक्रमण
बचाउन नसकेपछि भाइरस फि्र रहेको एप्पलको इतिहास समाप्त भयो ।
७.अल्ट्राबुक ः यो वर्षअल्ट्राबुक पनि
फ्लप प्रडक्टको रुपमा रहे र कुनै प्रभाव छाड्न सकेनन् । एक वर्षअघि रिलिज
भएका यी ल्यापटप विद्यमान ल्यापटप भन्दा शक्तिशाली तथा ब्याट्री ब्याकअप
उच्च भएपनि उपभोक्ताको छनोटमा पर्न सकेनन् ।
८.आइफोन ५ को अभाव ः आइफोन ५ यो वर्षो हिट
प्रडक्ट हो । तर एप्पल कम्पनीले यसको माग धान्न नसकेको र उपभोक्ताले आफ्नो
हातमा नयाँ आइफोन प्राप्त गर्न धेरै कर्ुर्नुपरेको घटना र आइफोन ५ को
कालोबजारी समेत भएकेा घटना यो वर्षचर्चामा रहे ।

