विद्यालयले दिएको गृहकार्य सक्याएर
नल्याएको भन्दै राजविराजस्थित प्राइम होलिक्स बोर्डिङ स्कुलका
प्रधानाध्यापक सञ्जयकुमार शर्माले कक्षा ६ मा अध्ययन गर्ने १२ वषर्ीय
सन्दिपकुमार मण्डललाई विद्यालय हाताभित्रै रहेको रुखमा बाँधेर निर्घात
कुटपिट गरेको पीडितका परिवारजनले बताएका छन् ।
प्रअको कुटाइबाट सन्दिपको जिउभरि नीलडाम
परेको छ । प्रधानाध्यापकलाई आफूले गृहकार्य बुझाउन नसकेको भन्दाभन्दै पनि
आफूलाई रुखमा हातखुट्टा बाँधेर कुटपिट गरेको पीडित बालकले बताएका छन् ।
आफ्ना छोरालाई चिसो मौसममा रुखमा बाँधेर
निर्धात कुटपिट गर्ने प्रधानाध्यापक शर्मामाथि कारबाही गर्न सप्तरीको
नर्घाे गाविस घर भई राजविराजमा डेरा गरी बस्ने हरि मण्डलले माग गर्नुभएको छ
। स्थानीय शान्ति समिति सप्तरीका संयोजक मण्डलले बालबालिकालाई विद्यालयमा
कुनै किसिमको यातना दिन नहुने व्यवस्था विपरीत आफ्ना छोरालाई मरणासन्न हुने
गरी कुटपिट गर्ने शिक्षकमाथि कारबाहीको माग गर्नुभयो । रासस
