जहाँ बलात्कार नै हुन्छ विवाहको हतियार


जहाँ बलात्कार नै हुन्छ विवाहको हतियार



एजेन्सी, मंसिर २७ । एक यस्तो देश पनि छ, जहाँ विवाहको लागि महिलाको अपहरणगरी बलात्कार गर्ने गरिन्छ । तर, अब भने यसको विरुद्धमा कडा कानून बनाउने तयारी भईरहेको छ । उक्त कानूनप्रति कतिले विरोध पनि गरिरहेको जनाइएको छ ।

यस्तो परम्परा भने किर्गिस्तानको हो । किर्गिस्तानको संसदमा
हालैका दिनमा यस्तो लामो परम्परासँग जोडिएको एक मुद्दामा बहस भईरहेको छ । किर्गिस्तानमा विवाहको लागि बेहुलीको अपहरण गर्ने परम्परालाई त्यहाँको सरकारले गम्भीर अपराधको श्रेणीमा राख्ने सोंच बनाईरहेको बीबीसीले जनाएको छ । तर, सरकारको उक्त विधयेकउपर केहीले भने विरोध जनाईरहेको बताइएको छ ।

समाचारका अनुसार किर्गिस्तानमा हरेकवर्ष करिब ८ हजार युवतीको अपहरण विवाहको लागि गरिन्छ । त्यसमध्ये अपहरणमा परेका अधिक महिलाको पहिलो रातमै बलात्कार हुने गर्छ । बलात्कार भएकी युवती समाजमा ‘कलंक’को दर्जा पाउने कारणले बलात्करीसँगै बस्न बाध्य हुन्छन् ।

किर्गिस्तानमा यो परम्परा कानून जस्तै रही आएको छ । जहाँ जो कुनै युवतीको अपहरण हुन्छ त ती युवतीले अपहरणकारीसँगै जीवन व्यतित गर्नुपर्नेछ । यदी कुनै युवतीले अपहरणकारीसँग बस्ने नमाने ती युवतीहरुलाई अन्य कसैले नस्वीकार्ने पनि जनाइएको छ ।

यस्तो परम्पराको शिकार भने अधिकांश गाउँ र विपन्न परिवारका युवतीहरु हुने गरेको पनि उल्लेख गरिएको छ । विवाहको लागि युवतीको अपहरण गर्ने परम्परालाई अंकुश लगाउनु पर्नेमा भने त्यहाँका अधिक मानिसहरुको धारणा रहेको जनाइएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......