हलिउड अभिनेताका पाँचवटा स्तन !!! (भिडियो सहित)


मानिसको सरीरमा दुइवटा स्तन हुन्छन् । तर हलिउड अभिनेता ब्राडली कुपरको सरीरमा पाँचवटा स्तन रहेको खुलासा भएको छ । उनको छातिमा ३ वटा, पाखुरमा एउटा र खुट्टामा एउटा गरी जम्माजम्मी पाँचवटा स्तन रहेको खुलासा भएको हो ।
हालै एक टेलिभिजन कार्यक्रममा कार्यक्रम प्रस्तोता महिलालाई उनले
आफ्नो सरीरका सबै स्तन सविस्तार प्रदर्शन गरे । कार्यक्रम प्रस्तोता एलेन डिजेनेर्स जसले कुपरको अन्तरवार्ता लिइरहेकी थिइन् उनी कुपरको सरीरका ५ स्तन देखेर तिनछक परिन् ।
सायद कुपरलाई आफ्नो सरीका ५ थुन देखाउन सकसक लागिरहेको थियो होला । त्यसैले उनले कार्यक्रमको बीचमै आफु र एलेनका बीचमा पहिले भएको कुराकानी सम्झाए । केही समयपहिले आफुलाई टेलिभिजन शो मा एलेनले सर्ट खोल्न आग्रह गरेको र आफुले नमानेको कुरा कुपरले सम्झाए, तर एलेनले उक्त घटना आफुले नसम्भिmएको बताइन् । त्यसबेला आफुले सर्ट खोल्न किन नमानेको भन्ने कुरा म आज देखाउँछु भन्दै कुपरले सर्टका टाँक खोलेर आफ्नो छातिमा भएको तेश्रो स्तन देखाइहाले । एलेनले रोक्दै थिइन् तर कुपरले सर्ट खोलेर स्तन देखाउँदै आफ्नो तेश्रो स्तन भएको घोषणा गरे 
तेश्रो स्तन देखाए लगत्तै उनले आफ्नो चौथो स्तन पनि भएको खुलासा गर्दै पाखुरामा भएको चौथो स्तन पनि देखाए । कुपर त्यतिमै रोकिएनन् आफ्नो पाँचौ स्तन पनि भएको घोषणा गर्दै उनले सुरुवाल माथि ताने र खुट्टामा भएको स्तन पनि देखाइछाडे ।

चर्चित स्टारका पाँचवटा स्तन भएको निकै नौलो तथा अनौठो कुराले टेलिभिजनका दर्शक निकै उत्तेजित भइरहेका थिए । तर विडम्बना त्यो सत्य थिएन, आउँदो क्रिसमसलाई लक्षित गर्दै बनाइएको फन्नी टेलिभिजन शोको एउटा भाग मात्र थियो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......