खासगरि युद्ध मैदानमा तैनाथ सैनिकलाई ध्यानमा राखेर यस्ता कपडा निर्माण गर्न थालिएको कम्पनीले जनाएको छ । जसलाई अमेरिकी रक्षा बिभाग पेन्टागनले सहयोग गरिरहेको छ । बेलायती संचारमाध्यम डेली मेल र अमेरिकी न्यूज पोर्टल सीएनएनले निर्माता कम्पनीले कपडा लगाएर मान्छे अदृश्य बनाएका तस्वीर भिडियोसमेत प्रकाशन गरेका छन् ।
कसरी हुन्छ यस्तो ?
कम्पनीले यस्ता अदृश्य कपडा निर्माण परियोजना अत्यन्तै गोप्य र संवेदनशील भएकाले निर्माणमा प्रयोग भएको प्रबिधिबारे भन्न नमिल्ने बताएको छ । उसले यतिमात्र भनेको छ- यस्तो कपडाले प्रकाशलाई बंग्याउने भएकाले लगाउने ब्यक्ति अदृश्य हुन्छ ।’
कम्पनीका
अनुसार कपडाले यसमा पर्ने प्रकाश परावर्तन गर्दैन् । यसको निर्माणमा
प्रयोग गरिएको पदार्थले राती अँध्यारोमा देख्न सकिने इन्फ्रारेड चस्मालाई
समेत झुक्काउन सक्छ ।
कम्पनीका
अनुसार यसमा ब्याट्री क्यामेरा वा प्रोजेक्टर केहीको प्रयोग हुँदैन् ।
कपडा हलुका र लगाउन सजिलो पनि छ । कम्पनीले यी कपडाको सार्वजनिक
प्रर्दशनीसमेत नगर्ने बताएको छ । उसले मात्र केही भिडियो फुटेज र डमी
तस्वीरहरु उपलब्ध गराएको छ ।
अमेरिकी
र क्यानेडेली सेनाका लागि बेच्ने गरि कम्पनीले कपडा बनाइरहेको छ ।
अफगानिस्तान लगायतका मुलुकमा युद्धमा रहेका अमेरिकी सेनाले यस्तो कपडाको
प्रयोग गर्ने बताइएको छ । अमेरिकी र क्यानेडेली सेना तथा अमेरिकी रक्षा
मन्त्रालयका अधिकारीले कपडा निर्माण गर्ने बस्तु र तरिकाबारे जानकारी लिएका
छन भने उनीहरुकै निगरानीमा सैनिकका लागि अदृश्य पोशाक तयार गरिँदै छ ।
कम्पनीका
प्रमुख कार्यकारी अधिकृत गाइ क्रेमर(माथिको तस्विरमा) र उनका हजुरबुबाले
यो कम्पनीको स्थापना सन् १९९९ मा गरेका थिए । सन् २००२ बाट ब्यबसायीक काम
थालेको कम्पनीले अहिले बिश्वका धेरै सुरक्षा निकायसँग मिलेर काम गरिरहेको
बताएको छ ।
हेर्नुहोस् सीएनएनले प्रसारण गरेको भिडियो

