११ पुस, काठमाण्डौं । विदेशबाट फर्केकालाई
ऋण लिन कठिन रहेको छ । सरकारले वैदेशिक रोगारीबाट फर्केकालाई दुई लाख
रुपैयाँ दिने भने पनि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले भने बैंकबाट ऋण
दिने र व्याजवापतको ६० प्रतिशत मात्रै बोर्डले दिने बताएपछि कामका लागि
विदेशबाट फर्केका
थप समस्यामा परेको सौर्य दैनिकमा खबर छ ।
त्यस्तै उदाहरण बनेका छन् । दोलखाका हरि
श्रेष्ठ । उनले साउदी अरबमा दुई बर्ष काम गरेर ६ महिना अघि फर्किएका हुन् ।
विदेश जाँदा लागेको ऋण तिरेर उनले ५० बाख्रा पालनको योजना बनाए पनि
सरकारले भने जस्तो ऋण पाएनन् । गाउँमा उत्पादनमूलक क्षेत्रमा काम गर्ने
मनस्थिति बनाएका उनी अहिले पुनः साउदी अरब जाने तयारीमा छन् ।
काम खोज्दै सवा दुई लाख विदेसिए
चालू आर्थिक बर्षका पाँच महिनामा वैदेशिक
रोजगारीका लागि २ लाख २० हजार ७४ नेपाली युवा विदेसिएका छन् । यो संख्या गत
बर्षको भन्दा १५ प्रतिशत अर्थात २३ हजार ६ सय ३६ बढी रहेको कारोबार
दैनिकमा खबर छ ।
पाँच महिनामा सवैभन्दा बढी मलेसियामा ६५
हजार २ सय ८१ जना गएका छन् । त्यस्तै साउदीमा ३२ हजार एकसय ३०, कतारमा २६
हजार ४ सय १६ जना गएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
त्यस्तै आजको नागरिक दैनिकले बाग्लुङका
कृष्णप्रसाद पौडेलले गाइपालनबाट राम्रो आम्दानी लिएको खबर छापेको छ । उनले
महिनामा तीन लाख रुपैयाँको दूघ बेच्ने गरेका छन् । उनले यो कमाई परदेशको
भन्दा राम्रो रहेको बताए । पौडेलले जग्गा भाडामा लिएर १४ गाई र २४ भैंसी
पालेका छन् । उनले चाँडैनै गाइ भैसीको संख्या ६० पुर्याउने लक्ष्य राखेका
छन् ।
इलामको जमुना गाविसको एकै परिवारका सात
दाजु भाई वैदेशिक रोजगारीमा गएका छन् । उनीहरु कमाउन खाडी मुलुक गएपछि
परिवारको आर्थिक स्तरपनि माथि उठेको छ ।
जमुना ८ का खोमबहादुर गुरुङ, रोम,
ज्ञानबहादुर, भक्तबहादुर, रेखमान, मनबहादुर र रुद्रबहादुर एकै आमा बाबुका
सन्तान हुन् । उनीहरु सवैको गरी मासिक आम्दानी तीन लाख रुपैयाँ बराबर हुने
गरेको ज्ञानबहादुरले बताए ।

