के गर्दैछन् पार्टीको टीको लगाउने कलाकार ?
विजय आवाज
चुनाब हुने नहुने, टुंगो छैन । तर, बेलाबखत आफ्नो भाषणमा ‘लाष्टमा
हिरोले जित्छ’ भन्दै आएका नेपाली राजनीतिका ‘द्वन्द्व निर्देशक’ प्रचण्डका
हातबाट टीका थाप्ने नेपाली सिनेमाका एक ‘द्वन्द्व निर्देशक’ले प्रचण्डकै
पार्टीबाट चुनाव लड्ने ईच्छा देखाएका छन् । नायक राजेश हमालले यसैसाता
मन्त्री बन्न ईच्छुक रहेको भन्दै राजनीतिमा
आउने छनक दिएकै बेला ३ वर्षअघि प्रचण्डलाई मुठ्ठी उठाएर लालसलाम गर्दै एमाओवादीमा प्रवेश गर्ने कलाकार राजेन्द्र खड्गीले आफू हेटौडाबाट चुनाब लड्ने बताएका छन् ।द्वन्द्व निर्देशकबाट निर्देशक बनेका खड्गीले तीन वर्षअघि प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा आयोजित कलाकारहरुको पार्टी प्रवेश कार्यक्रममा टीको थाप्ने क्रममा प्रचण्डलाई अररो हातले लालसलाम गरेका थिए । आजसम्म सक्रिय रुपमा राजनीतिमा नआएका खड्गी भन्छन्- ‘अब हुने चुनावमा म कुनै पनि हालतमा उम्मेदवारी दर्ता गर्छु । उनी आफूलाई एमाओवादी अध्यक्ष प्रचण्ड र नेकपा माओवादीका महासचिव रामबहादुर थापा (बादल) दुबैले आफूलाई हरियो बत्ति देखाइसकेको दाबी गर्छन् ।
खड्गीलाई एकीकृत माओवादी र नेकपा माओवादीबीच छिट्टै एकीकरण हुन्छ भन्ने विश्वास छ । उनी हेटौडाबासी भएकाले आफू त्यहीँबाट उम्मेदवारी दिने तयारीमा लागेको बताउँछन् । खड्गीले प्रचण्डको हातबाट टीको थाप्दा एमाओवादी फुटेको थिएन । हालसम्म आफुले एमाओवादी या माओवादी भनेर नरोेजेको खड्गीको भनाइ छ ।
पार्टी प्रवेश गर्नेहरु ‘टीके’ मै सीमित
नेपाली सिनेमाका थुप्रै चर्चित कलाकारहरु कुनै न कुनै राजनीतिक पार्टिसँग आबद्ध छन् । एकीकृत माओवादी शान्ति प्रक्रियामा आएसँगै धेरै कलाकारले टीको लगाएरै उक्त पार्टीमा प्रवेश गरिसकेका छन् । यद्यपि पार्टीमा लागेका कोही पनि कलाकार खुलेर राजनीतिमा आउन सकेका छैनन् ।
नायक
भुवन केसीले चलचित्र ‘साथी म तिम्रो’को प्रदर्शनताका आफु एमालेको प्रवेश
गरेको भन्दै टीको लगाए । तर, अचेल उनी न एमालेका कार्यक्रममा देखिन्छन्, न त
सक्रियरुपमा राजनीतिमा नै लागेका छन् । एमालेले यतिबेला नायक केसीलाई
भुसुक्कै बिर्सिएको छ ।
चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष केपी पाठक चलचित्र उद्योगमा राजनीति गर्ने राम्रै खेलाडीका रुपमा चिनिन्छन् । तर, निर्देशक समाजमा नयाँ नेतृत्व आएसँगै केपीको राजनीतिक यात्रा पनि खासै चम्किएको छैन । प्रचण्डका हातबाट टीका लगाइसकेका पाठक आफू एकीकृत नेकपा माओवादीको समर्थनमा रहेको बताउँछन् । तर, खुलेरै राजनीतिमा लाग्ने चाहना भने तत्कालै नरहेको उनको भनाइ छ ।
राष्ट्रिय सभागृहको प्राङगणमा टीको लगाएर एकीकृत माओवादीमा प्रवेश गरेका चर्चित कलाकारहरुमा राजेन्द्र खड्गी, निर्माता छविराज ओझा, कलाकार नीर शाह, निर्देशक तथा निर्माता युवराज लामा, मौसमी मल्ल, गायिका अञ्जु पन्त, संगीतकार चेतन सापकोटा लगायतका छन् । तर, कसैले पनि समर्थन भन्दाबाहेक अन्य कुनै राजनीतिक गतिविधि गर्न र कार्यकर्ता भएको छनक अहिलेसम्म दिन सकेका छैनन् । एमाओवादीमा प्रवेश गरेका युवराज लामाले खेलकुदमा माओवादीका तर्फबाट राजनीतिक नियुक्ति पाएका छन् ।
नेपाली सिने कलाकारहरु टीका लगाएर कुनै पार्टिको झण्डामुनि बस्नुको मुख्य कारण सुरक्षित यात्रा चाहेको बुझ्न सकिन्छ । पार्टिको झण्डा ओढे भविष्य केही मात्रामा भएपनि सुरक्षित हुने उनीहरुको सोच छ । तर, नेपाली सिनेमाका अधिकांश चर्चित अनुहारहरु अझै राजनीतिमा आउने तयारीमा नरहेको बुझिन्छ । उनीहरु ‘टीके नेता’ मात्र बनिरहेका छन् । भारतमा बलिउडका थुप्रै चर्चित कलाकारहरु विभिन्न प्रान्तबाट चुनावमा उठेको उदाहरण भए पनि नेपालका चर्चित कलाकारहरु आजसम्म चुनाव लडेको पाइँदैन ।
रेखाको राजनीतिक दाऊ
नायिका रेखा थापाले औपचारिक रुपमा कुनै पार्टीको टीको नलगाए पनि उनी एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग सडकमा युगल नृत्य गरेपछि एमाओवादी निकट मानिन्छन् ।
प्रचण्ड
र प्रधानमन्त्री बाबुराम भट्टराईको साथ लिएर चलचित्र बिकास बोर्डको
अध्यक्ष बन्ने दौडधुप पनि थापाले गर्दै आएकी छन् । बोर्डको अध्यक्ष हुँदै
राजनीतिमा आउने सोचाइमा आफु रहेको रेखा बताउँछिन् । तर, उनले आजसम्म
सक्रियरुपमा कुनै पार्टीको झण्डा बोकेर राजनीति भने गरिहालेकी छैनन् ।
मनिषाको झुकाव
यसअघि शाहीकालमा नायिका मनिषाले राजाको पक्षको अभिव्यक्ति दिएर आफूलाई विवादमा ताने पनि हाल उनी राजतन्त्रको पक्ष्मा देखिएकी छैनन् । मनिषाका पिता एवं वीपीपुत्र प्रकाश कोइराला संवैधानिक राजतन्त्रका पक्षपाती भएकाले मनिषा राजाप्रति नरम देखिएकी थिइन् । त्यसबेला उनले आफू राजनीतिमा आउने बताएकी थिएन् ।
विजय आवाज
चुनाब हुने नहुने, टुंगो छैन । तर, बेलाबखत आफ्नो भाषणमा ‘लाष्टमा
हिरोले जित्छ’ भन्दै आएका नेपाली राजनीतिका ‘द्वन्द्व निर्देशक’ प्रचण्डका
हातबाट टीका थाप्ने नेपाली सिनेमाका एक ‘द्वन्द्व निर्देशक’ले प्रचण्डकै
पार्टीबाट चुनाव लड्ने ईच्छा देखाएका छन् । नायक राजेश हमालले यसैसाता
मन्त्री बन्न ईच्छुक रहेको भन्दै राजनीतिमा आउने छनक दिएकै बेला ३ वर्षअघि प्रचण्डलाई मुठ्ठी उठाएर लालसलाम गर्दै एमाओवादीमा प्रवेश गर्ने कलाकार राजेन्द्र खड्गीले आफू हेटौडाबाट चुनाब लड्ने बताएका छन् ।द्वन्द्व निर्देशकबाट निर्देशक बनेका खड्गीले तीन वर्षअघि प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा आयोजित कलाकारहरुको पार्टी प्रवेश कार्यक्रममा टीको थाप्ने क्रममा प्रचण्डलाई अररो हातले लालसलाम गरेका थिए । आजसम्म सक्रिय रुपमा राजनीतिमा नआएका खड्गी भन्छन्- ‘अब हुने चुनावमा म कुनै पनि हालतमा उम्मेदवारी दर्ता गर्छु । उनी आफूलाई एमाओवादी अध्यक्ष प्रचण्ड र नेकपा माओवादीका महासचिव रामबहादुर थापा (बादल) दुबैले आफूलाई हरियो बत्ति देखाइसकेको दाबी गर्छन् ।
खड्गीलाई एकीकृत माओवादी र नेकपा माओवादीबीच छिट्टै एकीकरण हुन्छ भन्ने विश्वास छ । उनी हेटौडाबासी भएकाले आफू त्यहीँबाट उम्मेदवारी दिने तयारीमा लागेको बताउँछन् । खड्गीले प्रचण्डको हातबाट टीको थाप्दा एमाओवादी फुटेको थिएन । हालसम्म आफुले एमाओवादी या माओवादी भनेर नरोेजेको खड्गीको भनाइ छ ।
पार्टी प्रवेश गर्नेहरु ‘टीके’ मै सीमित
नेपाली सिनेमाका थुप्रै चर्चित कलाकारहरु कुनै न कुनै राजनीतिक पार्टिसँग आबद्ध छन् । एकीकृत माओवादी शान्ति प्रक्रियामा आएसँगै धेरै कलाकारले टीको लगाएरै उक्त पार्टीमा प्रवेश गरिसकेका छन् । यद्यपि पार्टीमा लागेका कोही पनि कलाकार खुलेर राजनीतिमा आउन सकेका छैनन् ।
नायक
भुवन केसीले चलचित्र ‘साथी म तिम्रो’को प्रदर्शनताका आफु एमालेको प्रवेश
गरेको भन्दै टीको लगाए । तर, अचेल उनी न एमालेका कार्यक्रममा देखिन्छन्, न त
सक्रियरुपमा राजनीतिमा नै लागेका छन् । एमालेले यतिबेला नायक केसीलाई
भुसुक्कै बिर्सिएको छ ।चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष केपी पाठक चलचित्र उद्योगमा राजनीति गर्ने राम्रै खेलाडीका रुपमा चिनिन्छन् । तर, निर्देशक समाजमा नयाँ नेतृत्व आएसँगै केपीको राजनीतिक यात्रा पनि खासै चम्किएको छैन । प्रचण्डका हातबाट टीका लगाइसकेका पाठक आफू एकीकृत नेकपा माओवादीको समर्थनमा रहेको बताउँछन् । तर, खुलेरै राजनीतिमा लाग्ने चाहना भने तत्कालै नरहेको उनको भनाइ छ ।
राष्ट्रिय सभागृहको प्राङगणमा टीको लगाएर एकीकृत माओवादीमा प्रवेश गरेका चर्चित कलाकारहरुमा राजेन्द्र खड्गी, निर्माता छविराज ओझा, कलाकार नीर शाह, निर्देशक तथा निर्माता युवराज लामा, मौसमी मल्ल, गायिका अञ्जु पन्त, संगीतकार चेतन सापकोटा लगायतका छन् । तर, कसैले पनि समर्थन भन्दाबाहेक अन्य कुनै राजनीतिक गतिविधि गर्न र कार्यकर्ता भएको छनक अहिलेसम्म दिन सकेका छैनन् । एमाओवादीमा प्रवेश गरेका युवराज लामाले खेलकुदमा माओवादीका तर्फबाट राजनीतिक नियुक्ति पाएका छन् ।
नेपाली सिने कलाकारहरु टीका लगाएर कुनै पार्टिको झण्डामुनि बस्नुको मुख्य कारण सुरक्षित यात्रा चाहेको बुझ्न सकिन्छ । पार्टिको झण्डा ओढे भविष्य केही मात्रामा भएपनि सुरक्षित हुने उनीहरुको सोच छ । तर, नेपाली सिनेमाका अधिकांश चर्चित अनुहारहरु अझै राजनीतिमा आउने तयारीमा नरहेको बुझिन्छ । उनीहरु ‘टीके नेता’ मात्र बनिरहेका छन् । भारतमा बलिउडका थुप्रै चर्चित कलाकारहरु विभिन्न प्रान्तबाट चुनावमा उठेको उदाहरण भए पनि नेपालका चर्चित कलाकारहरु आजसम्म चुनाव लडेको पाइँदैन ।

रेखाको राजनीतिक दाऊ
नायिका रेखा थापाले औपचारिक रुपमा कुनै पार्टीको टीको नलगाए पनि उनी एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग सडकमा युगल नृत्य गरेपछि एमाओवादी निकट मानिन्छन् ।
प्रचण्ड
र प्रधानमन्त्री बाबुराम भट्टराईको साथ लिएर चलचित्र बिकास बोर्डको
अध्यक्ष बन्ने दौडधुप पनि थापाले गर्दै आएकी छन् । बोर्डको अध्यक्ष हुँदै
राजनीतिमा आउने सोचाइमा आफु रहेको रेखा बताउँछिन् । तर, उनले आजसम्म
सक्रियरुपमा कुनै पार्टीको झण्डा बोकेर राजनीति भने गरिहालेकी छैनन् ।मनिषाको झुकाव