मिर्जापुरमा युवती बलात्कृत


२ पुस, वीरगन्ज । पर्सा मिर्जापुर गाविसका एक युवती बलात्कृत भएकी छिन् । मिर्जापुर गाविस-२ झलमहियाका ३५ वर्षीय कैलाश यादव र विलास यादवले गएराति सोही गाविसकी एक १६ वर्षीय युवतीलाई बलात्कार गरेको बताइएको छ ।


शौच गर्न घरबाहिर गएको अवस्थामा एक्लै देखेर सामूहिक बलात्कार गरेको आरोप युवतीका आफन्तले लगाएका छन् । बलात्कृत युवतीको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।

दुवै जनाविरुद्ध इलाका प्रहरी कार्यालय पोखरियामा किटानी जाहेरी परेको छ तर प्रहरीले अहिलेसम्म पक्राउ गर्न कुनै चासो नदेखाएको आरोप पीडित पक्षको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक खेमनारायण चौधरीले आरोपित युवक हाल फरार रहेको तर उनीहरुको खोजी कार्य तीव्ररुपमा भइरहेको बताउनुभयो । रासस

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......