काठमाडौ, पुस ६ । मंसिर १
गते आयोजित पार्टीको चियापानमा आफूलाई झाप्पड हान्ने पदम कुँवरलाई छुटाउन
माओवादी अध्यक्ष पुष्पकमल दाहालले हतार हतार २८ हजार बुझाए। तर, उनै पदम
कुवर भने सो पैसा फिर्ता दिन लाजिम्पाटस्थित अध्यक्ष दाहाल निवास जाने भएका
छन्।‘प्रचण्डको २८ हजारले मलाई केही गर्दैन, म त्यो पैसा उहाँलाई फिर्ता
परिवार पूरै पार्टी र युद्धमा लागेकाले भताभुंग हुन गएको, दाजुलाई लागेको गोली अझै पनि निकाल्न नसकेका कारण आर्थिक अवस्थामा निकै कमजोर पदमको घरको अवस्था र दाहालको जीवनस्तरमा आएको बदलाव सम्झेर उनलाई चड्कन हानेको बयान दिएपछि उनको पक्षमा जनमत बढेको थियो। तर, धरौटी बुझाउन नसकेर पुनः थुनामा पुगेका कुँवरलाई छुटाउन विश्वभरिबाट करिब दुई लाख रुपैयाँ जुटेपछि हतारहतार अध्यक्ष दाहालले आफ्ना सहयोगी शिव खकुरेलमार्फत हनुमानढोकामा जम्मा गरेपछि उनी निस्किएका थिए। ‘मलाई भित्रै जानै नदिई प्रचण्डले खकुरेलमार्फत सो पैसा बुझाए,’ उनका भिनाजु भीम भारतीले भने। तर, दाहालले लोकलाजले सो पैसा बुझाए पनि सो पैसा भने पुनः उनैलाई फिर्ता गरिदिने तयारी कुँवरले गरेका हुन्। मंसिर १ गतेको घटनामा माओवादी कार्यकर्ताको कुटाइबाट गम्भीर घाइते भएका कुँवर अहिले चाबहिलस्थित ओम अस्पतालमा उपचार गराइरहेका छन्। सो कुटाइबाट नाकको डाँडी भाँचिएका कुँवरलाई राति सुत्ने बेला भने निकै नै अप्ठ्यारो हुने गरेको उनले बताए। नियमित उपचार गराइरहेका कुँवरलाई विदेशमा बस्ने नेपालीले दिएको सहयोगले नै अहिले उपचार खर्च पुगिरहेको छ।
यता, थुनाबाट मुक्त भएका कँुवरलाई दाहालले भेट्ने बचन त दिएका रहेछन्, तर अझैसम्म पनि भेट भने पाएका छैनन्। ‘शिव खकुरेललाई दुई दुईपटक फोन गरें, तर यो वा त्यो बहाना गरेर भेट नै दिइएन,’ कुँवरका भीनाजु भारतीले भने। कुँवरले दाहाललाई चड्कन हानेका निहुँमा भिनाजु भारतीलाई पनि चार दिनसम्म थुनामा राखेका दाहालले कुँवरलाई भने करिब एक महिना प्रहरी हिरासतको चिसो छिँडीमा राखेका थिए। ‘२८ हजारले मेरो पीडालाई पुर्न सक्दैन, अध्यक्षले दिएको पैसाले मलाई दिनदिनै पोल्छ,’ कँुवरले भने।
