११ पुस, काठमाण्डौ । यतिबेला राष्ट्रपति डा. रामबरण यादव दिल्लीमा
हुनुहुन्छ । आजैदेखि उहाँले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च
नेताहरुलाई भेट्नुहुनेछ । बिश्वबिद्यालयको उपाधि लिन बनारस पुगेका
राष्ट्रपति दिल्ली पुगेर किन राजनीतिक खुसामत गर्न खोजे भन्नेबारे
टिकाटिप्पणी भइरहेका बेला उनैलाई सक्रिय पार्ने भारतीय प्रस्ताव खुलासा
भएको छ ।
समाचारमा उल्लेख भएअनुसार राष्ट्रपति डा. रामबरण यादवको नेतृत्वमा सेना, प्रहरीका भूतपूर्व हाकिमहरु र केही ब्युरोक्र्याटलाई राखेर सल्लाहकार समिति बनाई तत्कालका निम्ती शासन चलाउने दक्षिणको प्रस्ताव रहेको समाचारमा उल्लेख गरिएको छ ।
माओवादी पदाधिकारीको वैठकमा पनि यी प्रश्नमाथि बहस भएको थियो । अध्यक्ष प्रचण्डले समेत यस कुरालाई स्वीकार गर्दै भने- उनीहरु आएका हुन् तर हामीले अहिलेलाई त्यसरी जान सम्भव छैन भन्ने जवाफ दियौं ।’ वैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले खासै नबोले पनि यसअघिको केन्द्रीय कार्यालयको वैठकमा भने केही कुरा राखेका थिए ।
उनको भनाई थियो- ‘उनीहरुका दशथरी कार्ड हुन्छन, त्यसमध्ये एउटा फालिदिएका हुन् ।’
