अपहरण मुद्दामा बबन सिंह साढे २ लाख धरौटीमा छुटे

१९ मंसिर, काठमाडौं । पूर्व सभासद बबन सिंह अपहरण मुद्दामा २ लाख ५० हजार धरौटीमा छुटेका छन् ।
वीरगञ्ज उपमहानगरपालिका ३ का राजेशमान सिंहलाई अपहरण गरेको भन्दै सिंहविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा परेको थियो ।
फारार रहेको सिंह मंगलबार अदालतमा उपस्थित भएपछि न्यायाधीश भरतराज शर्मा अधिकारीको इजलासले थुनछेक आदेश दिएको थियो । अदालतका आदेश अनुसार २ लाख ५० हजार धरौटी राखेर सिंह तारेखमा छुटेका हुन् ।

सिंहसहित लालबाबु शास्त्री र रवि शास्त्री समेतको मिलेमतो र योजना अपहरण गरी हत्या प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......