११ पुस, काठमाण्डौं । मुम्बई कुनै बेला
नेपाली चेलीहरु सबैभन्दा बढी बेचिने सहरका रुपमा चिनिन्थ्यो । तर, यतिबेला
मुम्बईमा बेचिने नेपाली चेलीको संख्या घट्न थालेको छ ।
झन्डै
दुई दशकदेखि चेलीबेटी बेचबिखन रोकथाम, कोठीहरुबाट चेलीहरुको उद्धार तथा
पुनःस्थापनाका क्षेत्रमा काम गर्दै आएको रेस्क्यु फाउन्डेसन मुम्बईकी
अध्यक्ष त्रिवेणी अचार्यका अनुसार बढ्दो जनचेतना,
अधिकारवादी संघसंगठन र
सुरक्षा निकायको सक्रियताका कारण नेपालबाट मुम्बईमा नेपाली चेली बेच्न
लैजाने क्रम घटेको राजधानी दैनिकमा खबर छ । अशिक्षा, गरिबी, अभाव,
अज्ञानताका कारण नेपाली चेलीहरु मुम्बईमा बेचिने क्रम नरोकिएपनि बेचिने
नेपाली चेलीहरुको संख्या भने ह्वात्तै घटेको आचार्यले बताईन् ।
उनले भनिन् ‘केही समयअघि मुम्बईमा बेचिने
९९ प्रतिशत नेपाली चेली हुन्थ्ये । अहिले यो संख्या घटेर ५ प्रतिशतमा
पुगेको छ ।’ चेलीबेटी बेचबिखन रोकथामका लागि गाउँ सम्म पुगेको जनचेतना र
प्रचारप्रसारका कारण यो क्रम घटेको उनले बताइन् ।
नेपाली चेलीहरु अहिले भने खाडी मुलुकमा
बेचिने गरेको आचार्यले बताईन् । मुम्बई लैजान असफल भएपछि अहिले नेपाली
चेलीहरुलाई दलालहरुले खाडी मुलुकहरुमा पुर्याउन थालेका छन् । वैदेशिक
रोजगारको बाहना बनाएर खाडी मुलुक लगिएका चेलीहरु नै यौन शोषणमा पर्ने गरेको
रेस्क्यु फाउन्डेसनकी अध्यक्ष आचार्यले भनिन् ।
