पुलिस र एनआरटीले अंक बाँडे
१४ पुस, काठमाण्डौ । भरत खवासको दुर्इ
गोलको मदतमा नेपाल आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि
होडमा रहेको रानी पोखरी कर्नर टिम (आरसीटी)लाई पराजित गरेको छ । शनिवार
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको निकै तनावपूर्ण खेलमा आर्मीले
आरसीटीमाथि २-१ को रोमाञ्चक जित हात पार्दै लिग तालिकाको पाँचपराजित
गर्दै नेपाल आर्मी क्लब लिग तालिकाको पाँचौ स्थानमा उक्लिएको हो । आर्मीले
खेलको ४९ औँ मिनेटमा भरत खबासको गोलवाट अग्रता लिएको थियो ।
तर खेलको ७८ औँ मिनेटमा ओलाओलेले गोल
गर्दै आरसीटीलाई वरावरीमा ल्याए । ओलाओले दोहोरो पहेँलो कार्ड खाँदै खेलको
९३ औँ मिनेटमा मैदानवाट बाहिरिएपछि आरसीटी १० खेलाडीमा सीमित भएको थियो
।त्यसको दुई मिनेटपछि नै आर्मीका युद्ध शाही पनि रातो कार्ड खाँदै मैदानवाट
बाहिरिएपछि दुबै टोली १०-१० खेलाडीमा सीमित भएका थिए । तर आर्मीका लागि
भरत खवासले ९९ औँ मिनेटमा गोल गर्दै आर्मीलाई २-१ गोल अन्तरले जित दिलाए ।
जितसंगै आर्मी १० खेलवाट ५ मा जित, दुई बरावरी र तीन हारसंगै १७ अंकका साथ
पाँचौ स्थानमा उक्लिएको छ । आरसीटी भने १० खेलमा ६ जित, २ बरावरी र २
हारसंगै २० अंकका साथ लिग तालिकाको दोस्रो स्थानमै यथावत छ ।
यसैवीच शनिवार नै भएको पहिलो खेलमा
न्यूरोड टिम एनआरटीले नेपाल पुलिस क्लबलाई बराबरीमा रोकेको छ । खेलको १० औँ
मिनेटमा नै विदेशी खेलाडी सुलेमानले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए ।
तर एनआरटीले त्यो अग्रतालाई ८ मिनेटपनि जोगाउन सकेन । पहिलो हाफकै १८ औँ
मिनेटमा सुमन सुवेदीले गोल गर्दै पुलिसलाई एक-एकको वरावरीमा ल्याए । खेलमा
खवै टोलीले गोलका केही सुन्दर मौका गुमाएका थिए । बरावरीसंगै एनआरटी १०
खेलमा ४ जित, ४ वरावरी र २ हारसंगै १६ अंकका साथ लिग तालिकाको छैठौ स्थानमा
छ । एनआरटीसंग समान अंक भएपनि गोल अन्तरका आधारमा संकटा एकस्थान तल
झरेको छ भने पुलिस ३ जित, ४ वरावरी र ३ हारसंगै १३ अंकका साथ आठौँ स्थानमै
यथावत छ ।
