आफ्नो
सन्तानको खुसीको लागी आमाबाबु जे पनि गर्न तयार हुन्छन्, चीनमा एक बृद्धको
हकमा पनि यो लागू भएको छ । नातिनीका लागि ७२ वर्षीय बृद्ध मोडलिङमा आएका
छन् ।
उनका नातिनी फेसन डिजाइनर बन्न चाहन्थिन ।
झण्डै २ वर्ष उनले संघर्ष पनि नगरेकी पनि होइनन तर, उनले डिजाइन गरेको
कपडा आम मानिसले खासै रुचाएनन् । जब यो कुरा हजुरबुबालाई थाहा भयो, उनी
मोडलिङका लागि तयार भए र नातिनीलाई कपडा डिजाइन गर्न लगाए ।
हजुरबाबुले मोडलिङ गरेपछि अब नातिनीको फेसन डिजाइनर बन्ने इच्छा पूरा होला नहोला यो भने केही समय कुर्नु पर्ने हुन्छ ।

