राजीनामा माग्दै नांगै दौडिए युवक !

राजीनामा माग्दै नांगै दौडिए युवक !एजेन्सी, पौष ५ । छिमेकीमुलुक भारतको केरल कोच्चीमा एक विद्यार्थीले विरोध गर्न अनौठो तरिका अपनाएका छन् । स्थानीय एक कानून कलेजका विद्यार्थीले सडकमा नांगै दौडिएर त्यहाँका मानवअधिकार आयोगका अध्यक्ष केजी बालकृष्णनको राजीनामाको माग गरेको जनाइएको छ ।

ती विद्यार्थीले गएको सोमबार कोच्चिको एमजी रोडमा राजीनामा मागगर्दै केही दुरीसम्म नांगै दौडिएका हुन् । प्रहरीका अनुसार ती युवकले आफ्नो
अनुहार कपडाले ढाकिरहेका थिए । ती युवकका साथमा तिनकै अर्का साथीपनि मोटरसाइकलमा सवार भएको बताइएको छ ।

जब प्रहरी ती युवकलाई हिरासतमा लिन गए त्यतिबेला युवक साथीसँगै मोटरसाइकलमा सवार भएर भागेको जनाइएको छ ।


तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......