प्रधानमन्त्रीकै वेबसाइटमा गम्भीर त्रुटि

११ पुस, काठमाण्डौं । सरकारको सूचना सही र सहज रुपमा जनतासमक्ष प्रवाह गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमै गम्भीर त्रुटि भेटिएको छ ।
प्रधानमन्त्री कार्यालयको वेबसाइटमा राखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यविभाजनमा प्रधानमन्त्रीले सम्हालेका मन्त्रालयकै पूर्ण विवरण राखिएको छैन् । वेबसाइटको नेपाली र अंग्रेजी भाषामा राखिएका कार्यविभाजनसम्बन्धी सूची एक आपसमा मिल्दैनन् ।

नेपाली भाषामा रहेको प्रधानमन्त्रीको कार्यविभाजनमा प्रधानमन्त्री, शहरी विकास, रक्षा, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला, कृषि विकास र युवा तथा खेलकूद, सामान्य प्रशासन, वाणिज्य तथा आपूर्ति, उर्जा मन्त्रालय उल्लेख गरिएको छ भने अंग्रेजी भाषामा प्रधानमन्त्रीको मात्र जिम्मेवारी उल्लेख गरिएको खबर गोरखापत्र दैनिकले छापेको छ ।
नेपाली भाषामा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग परराष्ट्र, संघीय मामिला तथा स्थानीय विकासको जिम्मेवारी रहेको उल्लेख छ भने अंग्रेजी भाषामा परराष्ट्र र उर्जाको जिम्मेवारी छ । वेबसाइटमा अंग्रेजी भाषामा राखिएको कार्यविभाजनबमोजिम नारायणकाजी श्रेष्ठलाई उर्जामन्त्रीसमेत बनाईएको छ तर उर्जाको जिम्म अहिले पनि प्रधानमन्त्रीसँगै छ ।
अर्का मन्त्री टोपबहादुर रायमाझीको जिम्मेवारीमा पनि त्रुटि छ । मन्त्रिपरिषद्को वेबसाइटमा नेपाली भाषाको कार्यविभाजन अन्तर्गत उहाँलाई शान्ति तथा पुनःनिर्माण, भूमिसुधार तथा व्यवस्था मन्त्रालयको अधिकार दिएको छ भने सोही वेबसाइटको अंग्रेजी भाषाको कार्यविभाजन सूचीमा उहाँलाई शान्ति तथा पुनःनिर्माण, भूमिसुधार तथा व्यवस्था र स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पनि दिईएको छ ।
अशोक राई अझै एमालेका उपाध्यक्ष
अशोक राई संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष हुन् । गत ७ मंसिरमा तामझामका साथ राजधानीमा उनले नयाँ पार्टी घोषणा गरे । त्यसपछि राईलाई एमालेले साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्‍यो ।
तर, एमालेको वेबसाइटमा भने उनी अझै पनि एमालेका उपाध्यक्ष छन् । राईले एमाले परित्याग गरेर नयाँ पार्टी खोलेको एक महिना विते पनि एमालेको वेबसाइटबाट उनको तस्विर र संक्षिप्त परिचय हटाइएको छैन् । निर्वाचित नयाँ नेतृत्वमा अध्यक्ष, उपाध्यक्षहरु, महासचिव र सचिवबहरुको तस्बिर र संक्षिप्त विवरण राखिएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......