बस दुर्घटनामा १३ को मृत्यु, १९ घाइते

कृष्ण आचार्य 

 १३ पुस, सुर्खेत । सुर्खेतमा भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १९ जना यात्रु घाइते भएका छन् । शुक्रवार विहान सुर्खेतकै भेडाबारीबाट विरेन्द्रनगरतर्फ आउँदै गरेको ना २ ख ५७ ४१ नम्बरको बस सुर्खेतको दशरथपुर-६, स्थित गम खोला नजिकै दुर्घटना हुँदा १२ जनाको घटनास्थलमै मृत्यु
भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
मृतकहरुको नाम ठेगाना खुल्न नसकेको र घाइतेहरुलाई उपचारका लागि विरेन्द्रनगर अस्पताल लगिएको प्रहरीले जनाएको छ । बस सडकवाट झण्डै ५० मिटर तल खसेको छ । घटनावारे थप विवरण आउन बाँकी नै छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......