त्रिभुवन विमानस्थलको पानी पनि चोरी

११ पुस, काठमाण्डौं । सँधैजसो यात्रुका ‘लगेज’ चोरी, पास दुरुपयोग, ट्याक्सी व्यवसायीको ठगी जस्ता घटनाले बदनाम त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अर्को दुरुह पाटो पनि छ । त्यहाँका कर्मचारीहरु पानी चोरेर घर लैजान्छन् ।
विमानस्थलले उपलब्ध गराउने जारको पानी तल्लो तहका कर्मचारीले
पेप्सी, कोक, फ्यान्टा, डिउल लगायतका बोलतमा भरेर घर घर पुर्‍याउने गरेका छन् । विमानस्थल व्यवस्थापनका लागि यो विषय टाउको दुखाई बनेको छ । पानी चोर्ने अधिकांश कर्मचारी करारका हुन् ।
कहिलेकाँही जार पनि चोरी हुने गरेको कारोबारमा खबर छ । च्यसबाहेक शौचालय तथा कार्यालय सरसफाईमा प्रयोग हुने कोलिन, हार्पिक, ब्रस, सावुन, सर्फदेखि सीएफएल चिमसमेत अत्यधिक चोरी हुने बस्तुमा परेका छन् ।
समग्र विमानस्थल रेखदेखका लागि प्रशासनले सीसी क्यामरा व्यवस्था गरे पनि चोरी रोकिएको छैन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......