अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्डले संसारको अन्त्य
अवश्यंभावी रहेको भन्दै यस्तो प्रलयको दिन नजिकिइरहेको बताउनुभएको छ । यो
वर्षको डिसेम्बर २१ मा पृथ्वी ध्वस्त हुने हल्ला चलिरहेको अवस्थामा एक
भिडियो सन्देशमा गिलार्डले अस्ट्रेलियाली जनतालाई सम्बोधन गर्दै माया
पात्रोको भविष्यवाणी सही रहेको र संसार ध्वस्त हुने पक्का रहेको दाबी
गर्नुभयो । संसार कुन हिसाबले ध्वस्त हुन्छ भन्ने कुरा थाहा नभएपनि यो
अवश्य नास हुने गिलार्डको भनाइ छ ।यसैबीच संसार ध्वस्त हुने भनिएको डिसेम्बर २१ नजिकिँदै गर्दा मायावी विश्वको केन्द्र मानिने ग्वाटेमालामा विदेशी पर्यटकको घुइँचो बढेको अस्ट्रेलियाबाट सञ्चालित कम्युनिटी न्युज पोर्टल एयु नेपालले जनाएको छ । ग्वाटेमालामा डिसेम्बर २० र २१ मा विश्व मानवताको नयाँ विहानी शिर्षकको विश्व सम्मेलन हुँदैछ । माया पात्रोका अनुसार डिसेम्बर २१ का दिन अहिलेको विश्व ध्वस्त हुन्छ र नयाँ संसारको सिर्जना सुरु हुन्छ भन्ने मान्यता छ ।
