८ पुस, काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार र मच्छिन्द्र क्लब भिड्दैछन् ।
दशरथ रंगशालामा दिउँसो साढे २ बजे हुने
उपाधिको दाबेदार मानिएको दुई टोली बीचको खेल निकै प्रतिस्पर्धात्मक हुने
अनुमान गरिएको छ । थ्री स्टार जित निकाल्दै शीर्ष स्थानमा उक्लने प्रयासमा
हुनेछ भने मच्छिद्र विजयी भए अंकतालिकाको दोस्रो स्थान कब्जा गर्नेछ ।
७ खेलबाट १८ अंक जोडेको थ्री स्टार दोस्रो स्थानमा छ भने समान खेलबाट १६ अंक जोडेको मच्छिन्द्र एक स्थान तल तेस्रो स्थानमा छ ।
त्यसअघि मध्यान्ह साढे १२ बजे हुने खेलमा
सरस्वती र हिमालयन शेर्पा भिड्दैछन् । सुपर एटमा स्थान बनाउन संघर्षरत
सरस्वती प्रष्ट जितको खोजीमा हुनेछ भने हिमालयन शेर्पा जित निकाल्दै
रेलिगेसन जोनबाट माथि उक्लने प्रयासमा हुनेछ ।
७ खेलबाट ८ अंक जोडेको सरस्वती ११ औं स्थानमा छ भने समान खेल खेलेको हिमालयन शेर्पा ४ अंकका साथ रेलिगेसन जोनमा छ ।
