हाडनाताकरणी गरी दिदीको
हत्या गरेको अभियोगमा सिन्धुलीको पुरानो झागाझोली-२, नाङ्गेडाँडा निवासी एक
युवकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने मृतक गीता
थापाको काकाको छोरा सीताराम थापा भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतक थापा दुई दिनअघि विष सेवन गरेर मृत
अवस्थामा घरमा फेला
परेपछि अनुसन्धानका क्रममा करणी गरी हत्या गरेको रहस्य
खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले
जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक
गीतासँग सहमतिमा नै हत्या भएको दिन राति करिब ८ बजे दिदी-भाईबीच यौनसम्पर्क
भएको र यौन सम्पर्कका क्रममा दिदी गीताको आवाज अर्कै घरमा सुतेकी आमा
रितुमायाले सुनेर छोरीको कोठामा पुग्दा यौन सम्पर्क गरिरहेकै बेला
आपत्तिजनक अवस्थामा पाएको थापाले प्रहरीसामु बयान दिएका छन् ।
आमाबाट यो खबर फैलिन सक्ने भयले दिदी
गीताले विष ल्याइदिन भनेपछि विष सेवन गर्न दिएको र विष सेवनपछि छटपटाइ
रहेकी दिदीको मुन्टो बटारेर हत्या गरेको थापाले साविती बयान दिएका छन ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
