१४ वर्षे एक बालिका माथि ४१ वर्षे पुरुषले गरे बलात्कार

काठमाडौं, पौष १६ । काठमाडौंको थानकोटमा १४ वर्षे एक बालिका माथि ४१ वर्षे पुरुषले बलात्कार गरेका खुल्न गएको छ । थानकोटको महालक्ष्मी इँटाभट्टामा काम गर्ने राजविराजका मनोज डंगोलले शनिबार इँटाभट्टाभित्रको छाप्रोमा बालिकालाई बलात्कार गरिरहेका बेला उनकी आमाले देखेर प्रहरीलाई खबर गरेकी थिइन् ।


नेपालका तथ्यांक अनुसार प्रत्येक साता तीन वटा बलात्कार घटना प्रहरीसम्म पुग्छ । मंसिर महिनामा १२ वटा बलात्कारका घटना सार्वजनिक भएका थियो । १६ वर्ष उमेरमुनिका बालिकाहरु सबैभन्दा धेरै सिकार बन्ने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......