३
पुस, काठमाण्डौ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले नयाँ
निर्वाचनमा जाँदा आफू पराजित हुने डरले एकीकृत माओवादीले सहमतिका लागि नयाँ
शर्त अघि सार्दै आएको आरोप लगाउनु भएको छ । पौडेलले काँग्रेस नेतृत्वमा
बन्ने सरकारले निष्पक्ष निर्वाचन गराउने र त्यो निर्वाचनमा आफूहरु पराजित
हुने भयले सहमतिका लागि एमाओवादीले नयाँ नयाँ शर्तहरु सार्ने गरेको
वताउनुभायो ।काठमाण्डौको बालाजुस्थित ग्राणिम आदर्श
बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले मंगलवार गरेको स्वागत कार्यक्रममा पौडेलले माओवादी वैशाखमा चुनावमा जाने पक्षमा नरहेको वताउनुभयो । उहाँले दलहरुवीच भएको सहमति पालना नगर्ने एकीकृत माओवादीको वानीले मुलुकले निकास पाउन नसकेको वताउनुभयो । पौडेलले एमाओवादीले अन्तिम समयमा आएर माओवादी सहमति कार्यान्वयन गर्न अस्वीकार गरेकाले सहमतीय सरकार गठनमा ढिलाई भइरहेको वताउनुभयो
पौडेलले एमाओवादी जस्तै मधेसी मोर्चापनि
चुनावमा जान डराएको वताउनुभयो । उहाँले भन्नुभयो,’माओवादीजस्तै मधेसी
मोर्चा पनि चुनावमा जान चाहदैनन् । किनकी उनीहरुलाई निर्वाचनमा पराजित हुने
डर छ ।’ दलहरुवीच सहमतिको विकल्प नरहेको भन्दै पौडेलले सहमतिका लागि
अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने वताउनुभयो ।
