
वरिपरि
नाङ्गा डाँडा, बीचमा समथर स्थल । समथर स्थलमा गुजुमुज्ज घरहरु । सबै
घरहरुमाथि दाउरा
सुकिरहेका । घरहरुका मध्यभागमा सबैभन्दा अग्लो र अलि फरक शैलीको घर । त्यहाँ पुग्ने सबैले अनुमान लगाउन सक्छन्, त्यो घर मुस्ताङी राजाको दरबार हो भनेर ।
सुकिरहेका । घरहरुका मध्यभागमा सबैभन्दा अग्लो र अलि फरक शैलीको घर । त्यहाँ पुग्ने सबैले अनुमान लगाउन सक्छन्, त्यो घर मुस्ताङी राजाको दरबार हो भनेर ।
नेपाल र चीनको सीमाना स्थल । लोमडताडबाट एक घण्टा जीपमा पुगिन्छ ।
मुस्ताङ भन्ने बित्तिकै हिमाल पारीको जिल्लाको रुपमा परिचित छ । माथिल्लो मुस्ताङमा मात्र नभएर जिल्लाका अधिकाँश घरहरुमा राजा
रानीको तस्वीर देख्न पाईन्छ । लोमाङथाङबासीले राजालाई साँस्कृतिक र धार्मिक हिसाबले निकै माथि राखेका छन् ।
माथिल्लो मुस्ताङको लोमाङथाङ पर्यटकीय हिसावले पनि निकै ख्याती रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने यहाँ बर्षेनी पर्यटको संख्या बढ्दै गएको छ । गएको बर्ष करिब ३ हजार पर्यटकले यहाँ अवलोकन गरेका थिए ।
पर्यटकको आगमन बढेसँगै लोमाङथाङको आन्दानीको स्रोत पनि बढेको छ । लोमाङथाङमा आउने पर्यटकबाट सरकारले जति रकम उठाएको हो, त्यो रकमको ६० प्रतिशत लोमाङथाङमा खर्च गर्ने सहमति भएपनि कार्यान्वयन हुन नसकेको स्थानीयको गुनासो छ ।
लोमाडथाडमा पर्यटकका लागि आर्कषका
केन्द्रका रुपमा पाँचतले गुफा, गुफाभित्र गुम्बा र गुफाभित्र बहुमुल्य
चित्रहरु समेत रहेका छन् । तर तिनका उचित संरक्षण समेत हुन सकेको छैन ।
त्यति मात्र नभएर गुफा प्रवेश गर्ने पर्यटकलाई गुफाका बिषयमा जानकारी दिने
आधिकारिक मान्छे नभएका कारण पनि उनीहरु हेरेर र्फकन बाध्य छन् ।














