डेकेन्द्र हत्या अनुसन्धान रोक्ने निर्देशन वदरको माग गर्दै सर्वोच्चमा रिट



२९ पुस, काठमाडौं । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यासम्वन्धी अनुसन्धान रोक्न महान्यायाधीवक्ताले दिएको निर्देशन वदर गर्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट परेको छ ।
गोविन्द बन्दीले दायर गरेको रिटमा अनुसन्धान रोक्न प्रधानमन्त्री डा. बाबुराम भट्टराई र महान्यायाधीवक्ता मुक्ति प्रधानले दिएको निर्देशन अन्तरिम संविधान र सरकारी मुद्धा
सम्वन्धी ऐन विपरित भएको दावी गरिएको छ । रिटमा महान्यायाधीवक्ताले पठाएको लिखित निर्देशन उत्प्रेशण आदेशबाट वदर गर्न माग गरिएको छ ।
रिटमा प्रधानमन्त्री, महान्यायाधीवक्ता, महान्यायाधीवक्ताको कार्यालय, प्रहरी प्रधान कार्यालय, सरकारी वकिलको कार्यालय दैलेख, जिल्ला प्रहरी कार्यालय दैलेखलाई विपक्षी बनाइएको छ । थापाको हत्या आरोपमा ५ माओवादी कार्यकर्ता पक्राउ परेपछि महान्यायाधीवक्ता प्रधानले अन्तरिम संविधान विपरित हुने भन्दै अनुसन्धान राख्न लिखित आदेश दिनु भएको थियो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......