२७
पुस, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको नोटमा
पृथ्वीनारायण शाहको तस्वीर अंकित गर्न सरकारसँग माग गर्नुभएको छ । नेपाल
एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको २ सय ९१ औँ जन्मजयन्तीको अवसरमा
सिंहदरबार अगाडि सालिकमा माल्यार्पण गरेपछि थापाले यस्तो बताउनुभएको हो ।
सरकारले विगतदेखि मनाउँदै आएको
पृथ्वीजयन्ती ०६३ देखि औपचारिकरूपमा मनाउन छाडेकोमा अध्यक्ष थापाले विरोध
गर्दै सरकारी
निर्णय त्रुटिपूर्ण रहेको बताउनुभएको छ । सरकारले पृथ्वी
जयन्ती मनाउन छोडेपनि राप्रपा नेपालले बिहीबार पृथ्वी जयन्ती मनाएको छ ।
कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि,
पूर्व राष्ट्रसेवक, सर्वसाधारणले पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा
अर्पण गरेका थिए । शाहको जन्म विसं १७७९ पुस २७ मा गोरखामा भएको थियो भने
निधन विसं १८३१ माघेसङ्क्रान्तिका दिन नुवाकोटको देवीघाटमा भएको थियो ।
यसैबीच राष्ट्रिय एकता दिवसको अवसरमा
एकीकृत नेपाल राष्ट्रवादी मोर्चाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका
रुपमा मनाउन सरकारसंग माग गरेको छ । शुक्रवार एक विज्ञप्ति जारी गरी उसले
नेपाल सरकारसँग पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउन र
सार्वजनिक बिदा दिई सम्मान व्यक्त गर्न माग गरेको हो ।
२७
पुस, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको नोटमा
पृथ्वीनारायण शाहको तस्वीर अंकित गर्न सरकारसँग माग गर्नुभएको छ । नेपाल
एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको २ सय ९१ औँ जन्मजयन्तीको अवसरमा
सिंहदरबार अगाडि सालिकमा माल्यार्पण गरेपछि थापाले यस्तो बताउनुभएको हो ।
सरकारले विगतदेखि मनाउँदै आएको
पृथ्वीजयन्ती ०६३ देखि औपचारिकरूपमा मनाउन छाडेकोमा अध्यक्ष थापाले विरोध
गर्दै सरकारी निर्णय त्रुटिपूर्ण रहेको बताउनुभएको छ । सरकारले पृथ्वी