१७ पुस, काठमाडौं । काठमाडौंको
ज्ञानेश्वरमा इनारमा डुवेर दुई जनाको मृत्यु भएको छ । ज्ञानेश्वर-३३ स्थित
मदन बस्नेतको इनार सफा गर्ने क्रममा मोरङका अशोक गुरुङ खसेका थिए ।
उनी खलेको थाहा पाएपछि आएका साजन पनि
इनारमा खसेको प्रहरीले जनाएको छ । सजनको थर र ठेगाना
खुलेको छैन । उनीहरु
दुबैको इनारमा डुबेर मृत्यु भएको कमलपोखरीका प्रहरी निरीक्षक किरणजंग
कुवँरले जानकारी दिनुभयो ।