वडा प्रहरी कार्यालय लहानका अनुसार सोमबार
दिउँसो घरबाट बाख्रा चराउन गएकी युवतीलाई गाउँकै दुई युवकले बलात्कार
गरेका हुन् । प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाले बलात्कारी फरार भएकाले
मातहतको इलाका प्रहरी कार्यालय धनगढीलाई समेत परिचालन गरी खोजी भइरहेको
जानकारी दिनुभयो ।
बलात्कृत युवतीलाई अभिाभावकको जाहेरी
दर्तापछि राति १० बजेतिर वडा प्रहरी कार्यालय लहान झिकाएर आज बिहान
स्वास्थ्य परीक्षणका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल लगिएको
प्रहरी निरीक्षक खतिवडाले उल्लेख गर्नुभयो । रासस
