काठमाडौं, पौष २८ । बैदेशिक रोजगारको शिलशिलामा दुबई र मलेशिया गएका अमर
बहादुर बम र हरि बहादुर घलेलाई बचाउन नेपाल विश्व सहयोग संघले बचाउन अभियान
सुरु गरेको छ ।बम र घलेलाई मलेसिया र दुवई अदालतले मृत्युदण्डको सजाए सुनाएको छ । शनिबार संघले राजधानीमा गरेको कार्यक्रममा उनीहरु निर्दोष रहेको भन्दै नेपाल सरकारले उनीहरुको जीवन रक्षाको लागि पहल गर्नुपर्ने माग गरेको छ ।
नेपाल सरकारलाई पटक पटक यो कुरा जानकारी गराउदा पनि कुनै चासो नदेखाएको भन्दै संघले छिटो भन्दा छिटो उनीहरुलाई फर्काउन माग गरेको हो ।
