राजेश हमाल र कोमल वलीको जोडी

https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgIBAMdjmVMX85EkbOdkqvcLsh2xZx6QNULHlZDLWVjxLl5U4DkrA76wfOqU4Eb4KvU9OAwcqgZ11fJu0QvIiJNLuwzF3O5k9yz3fybH8nacUu7LFzJeNOiBxyoxL9kPCQQLAYN0OHljE8/s1600/download+(2).jpgपुस १९- गायिका कोमल ओली अब फिल्म 'राजनीति'मार्फत् अभिनेत्रीका रुपमा देखा पर्ने भएकी छन्। उनी यसमा राजेस हमालकी पत्नी बन्दैछिन्। बुधबार बिहान उनले फिल्मको सम्झौतापत्रमा हस्ताक्षर गरेलगत्तै ड्रेससमेत छनोट गरिन्।
'फिल्म खेल्नकै लागि बेलायतमा हुने कार्यक्रम रद्द गरेँ,' फिल्मप्रति मोह बढ्नुको कारण खुलाउँदै कोमलले भनिन्, 'महिला सशक्तिकरण र सकारात्मक परिवर्तनका लागि समाजमा महिलाले पुर्‍याएको योगदानमाथि फिल्म केन्द्रित छ। त्यसैले काम गर्न मन लाग्यो।'
फिल्ममा अभिनय गर्न कुनै असजिलो नहुने उनको दाबी छ। उनी अभिनयको प्रशिक्षण लिने पक्षमा पनि छैनन्। 'मलाई तुरुन्तै सुटिङ गर्ने परे पनि कुनै आपत्ति छैन,' उनले पुस महिनामै सुटिङमा निस्कने जानकारी दिइन्।
फिल्ममा अभिनय गरे पनि उनको गायन भने रहने छैन। 'गीतहरु पहिल्यै रेकर्ड भइसकेकोले मैले अभिनयमै ध्यान दिए पुग्नेभयो,' दाङकी कोमलले सुटिङ भने आफ्नो गृहजिल्लामा गर्नुपर्ने प्रस्ताव राखेकी छिन्।
माओवादीको विषयमा बनेको 'आगो' फिल्ममा अफर आउँदा काम नगरेको उनले खुलाइन्। एमएस अग्रजको फिल्म 'दबदबा'मा भने एउटा गीतमा उनी देखिएकी थिइन्। म्युजिक भिडियोमा मोडलिङ गरेको अनुभवले अभिनयमा आत्मविश्वास बढेको उनले बताइन्।
यो फिल्ममा कोमलसँगै अभिनेता राजेश हमालसमेत देखिने छन्। 'राजेशदाइ राजधानीबाहिर जानुभएकाले मौखिक रुपमा फाइनल भयो,' निर्देशक वसन्त निरौलाले भने। यही साता सुटिङ सुरु गरिने उनले बताए। ३० दिनको सुटिङ राजधानी र वीरगञ्जमा गरिने उनको तयारी छ।
यसमा अर्जुन पोखरेलले संगीत दिएका छन्। राजनीतिक नेतृ र राजेशकी पत्नीको भूमिकामा कोमल देखा पर्न लागेकी हुन्। 'दुवैको केमेस्ट्री र उमेर मिलाउन खोजिएको हो,' कलाकार छनोटबारे निर्देशकले भने।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......