विराटनगर, माघ १२- शिक्षक सेवा आयोगले शिक्षक भर्नाका लागि गरेको विज्ञापनमा कक्षा ११ र १२ लाई अध्यापन गराउने शिक्षकहरुले पनि भर्न पाउनुपर्ने माग गर्दै उच्च माध्यमिक शिक्षा परिषद् कार्यालय विराटनगरमा आज विरोध गरेका छन्।
परिषद् मातहत रहेका लगभग तीन हजार शिक्षकलाई एक हजार पूर्णाङ्कको मार्कसिट भएमा शिक्षा आयोगको विज्ञापन भर्न पाउने भए पनि उनीहरुसँग ६०० पूर्णाङ्कको मार्कसिट मात्र रहेकाले विज्ञापनबाट वञ्चित भएका छन्।
परिषद्को कार्यालय बरगाछीमा उपस्थित यस्ता शिक्षकहरुले कार्यालयमा तालाबन्दी गर्ने तयारी पनि आज गरेका थिए। रासस