ज्ञानेन्द्रभन्दा एमाओवादीबाट लोकतन्त्र खतरामा : खनाल

दिलीप पौडेल, बाग्लुङ, माघ १२- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एनेकपा माओवादी अधिनायकवादी सर्वसत्तावादको बाटोमा लागेको बताएका छन्। वर्तमान अवस्थामा पूर्वराजा ज्ञानेन्द्रबाट भन्दा एमाओवादीबाट लोकतन्त्र खतरामा परेको उनको भनाई थियो। 
'पूर्व राजा मन्दिरमा गएर मात्र भाकल गरेका होलान्,' खनालले भने,' उनबाट कुनै खतरा छैन। तर, माओबादी नेतृत्वको सरकार निरंकुशताको बाटोमा लागेर लोकतान्त्रिक प्रक्रियालाई नै अवरुद्ध गर्‍यो।'
नेकपा एमाले बाग्लुङको सातौँ जिल्ला अधिवेशनको शुक्रबार बाग्लुङमा उद्‍घाटन गर्दै खनालले अधिनायकवादी सर्वसत्तावादको बाटोमा लागेको आरोप लगाए। 'संविधान जारी गर्न सकिने अवस्थामा पनि एमाओवादीकै कारण संविधान सभा बिघटन भयो,' खनालले बिगतलाई कोट्याउँदै भने,' सरकार अहिलेपनि निर्बाचनमा जान नमानेर आलटाल गरिरहेको छ।'


उनले वर्तमान सरकार भ्रष्टाचारको आहालमा डुबेको समेत बताए। 'सत्तामा बसेर लुट मच्चाइरहेका छन्,' उनले भने,' यसले कम्युनिष्टकै बदमान भयो।' खनालले वर्तमान सरकारलाई पतित, भ्रष्ट, डकैतिको संज्ञा दिए। एमाओवादी अध्यक्ष प्रचण्डले विगतका सहमति च्यात्ने धम्की दिनु गैरजिम्मेवारीको पराकाष्टा भएको बताए। 'खबरदार सहमति च्यात्न दिँदैनौं,' उनले भने,' विगतका सम्झौता नेपाली जनताको मेन्डेड अनुरा निर्माण गरिएको हो।'
सरकार आत्मसर्मपणमा लागेकाले राष्ट्रियता नै खतरामा परेको बताए। मुलुकलाई निकास दिनकोलागि आन्दोलनको बिकल्प नभएको भन्दै आन्दोलनको सुरुवात गर्न निर्देशन दिए। संबैधानिक निकायसमा संकट र संविधानका केही भागसमेत क्रियाशिल नभएको अवस्थामा अब आन्दोलनबाटै सरकार हटाउनुपर्ने उनको तर्क थियो। दैलेखमा भएको प्रर्दशन र आन्दोलनलाई त्यहाँका जनताको बिद्रोह भने। 'तानाशाहीविरुद्ध दैलेखी जनता आन्दोलित भएका छन्, ' उनले भने,' सो आन्दोलनलाई दमन नगरेको भन्दै लाचार प्रशासनले सुरक्षा अधिकारीलाई सरुवा गर्दैछ। दैलेखका पत्रकार बिस्थापित हुनुपर्ने घटना निन्दनीय र दुखद भएको भन्दै एमाओबादीको आततायी बढेको बताए।

शुक्रबारबाट सुरु भएको एमालेको जिल्ला अधिवेशन तीन दिनसम्म चल्नेछ। अधिबेशनमा जिल्ला भरका करिब पाँच सय प्रतिनीधि सहभागी हुने अध्यक्ष जनक पौडेलले बताए। अधिवेशनकै अबसरमा प्रेस चौतारीले स्थापना गरेको १लाख ५० हजार रुपैयाँको पत्रकार कल्याण कोष एमाले अध्यक्ष झलनाथ खनालले स्थापनाको घोषणा गरेको चौतारीका अध्यक्ष दीपक गौतमले बताए।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......